गोदावरी नपाले साग स्वर्ण विजेतालाई आजिवन भत्ता दिने

पोखरा स्पोर्टस । गोदावरी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) पदक विजेतालाई आजिवन भत्ता दिने भएको छ ।

गोदावरी नगर पालिकाको एघारौं नगरसभाको निति तथा कार्यक्रम पारित गर्दै गोदावरी नगरपालिकाका साग खेलमा स्वर्ण पदक खेलाडीका लागी आजिवन ५ हजार भत्ता प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णय पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खुसी व्यक्त गरेको छ ।

संघका अध्यक्ष दिपक श्रेष्ठले उक्त निर्णयका लागि नगरपालिकालाई आभार व्यक्त गर्दै भनेका छन्–“अग्रज खेलाडीलाई सम्मान र नयाँ लाई प्रोत्साहन गर्ने उद्धेश्यले उदाहरणिय निर्णय भएको छ म खेलाडीहरुको तर्फबाट नगर प्रमुख गजेन्द्र महर्जनलगाएत सम्पूर्ण पालिका परिवारलाई हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्न चाहन्छु ।”

गोदावरी नपामा साग स्वर्ण पदक बिजेता खेलाडी दीपक श्रेष्ठ र गंगाराम महर्जन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close