
पोखरा स्पोर्टस । २२ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव र धरान फुटबल क्लव भिड्ने भएका छन् ।
सहारा क्लव पोखराको आयोजनामा यहि पुष १४ गतेबाट सुरु हुने आहा ! रारा पोखरा गोल्डकपमा ति दुई टिम उद्घाटन खेलमा भिड्ने भएको बिहिबार प्रकाशित खेल तालिकामा जनाइएको हो ।
खेल तालिका अनुसार पुष १५ गतेको खेल नेपाल पुलिस र चर्च व्वाइज विच हुने छ भने पुष १६ गते शसस्त्र प्रहरीको एपिएफ क्लवले सहारा र धरान विचको विजेता टिम संग भेट पक्का गरेको छ । गत वर्षको उपाधि विजेता एपिएफ वाई पाएर सोझै क्वाटरफानलमा प्रवेश गरेको छ ।
त्यस्तै प्रतियोगितामा पुष १७ गते मछिन्द्रले मछिन्द्रले क्लव काठमाण्डौले नेपाल पुलिस र चर्च व्वाइज विचको बिजेता टिम संग क्वाटरफाइनलमा खेल्नेछ । पुष १८ गते नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र संकटा क्लव आमने सामाने हुनेछन् । त्यस्ते पुष १९ गते पोखरेली दर्शकहरुको प्रिय मानिएको टिम तथा गत वर्षको उपविजेता मनाङ मर्स्याङदी संग विदेशी टिम भुटनिज यूथ क्लब अमेरिका विच भिडन्त पक्का भएको छ ।
जारी खेल तालिका अनुसार पुष २० गते पहिलो सेमीफाइनल र २१ गते दोश्रो सेमीफाइनल खेल तय गरिएको छ भने पुष २३ गते फाइनल खेल हुनेछ ।
आहा १ रारा पोखरा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख प्राप्त गर्नेछ । यो गत वर्ष भन्दा नगद २ लाख बढि हो । त्यसै गरी उपविजेताले रु.६ लाख नगद प्राप्त गर्नेछ । यो गत वर्षको संस्करण भन्दा १ लाखले बढि हो ।
२०५८ सालमा क्याराभान गोल्ड कपलाइ गणना गर्दै २२ औं संस्करण बाट नामांकित यस प्रतियोगितामा वचत हुने रकम क्लबबाट संचालित सुर्य बहादुर केसी स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ । हाल एकेडेमीमा तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना बालकहरु रहेका छन् ।