पोखरामा प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता जारी

पोखरा स्पोर्टस । पोखरा रंगशालामा प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता जारी रहेको छ ।

गण्डकी प्रदेश भलिबल संघको आयोजना जारी प्रतियोगिताको दोश्रो दिन पाँच खेल सम्पन्न भएका छन् भने एक खेल प्रकाशका कारण स्थगित भएको छ । प्रतियोगिताको दोश्रो दिन बागलुङ, तनहुँ, पर्वत, नवलपुर र स्याङजाले आ–आफ्नो खेल जितेका छन् ।  बागलुङ र नवलपुर विचको भने तिन सेटको खेल पछि प्रकाशका कारण स्थगित भएको प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

बिहिबार सम्पन्न भएको पहिलो खेलमा नवलपुरले लमजुङलाई ३–० सोझो सेटमा पराजित गरेको छ । नवलपुरले २५–१०, २५–१० र २५–११ ले जितेको हो । त्यस्तै दोश्रो खेल तनहुँले गोरखालाई ३–१ को सेटले पाखा लगाएको छ । पहिलो र दोश्रो सेट २५–२० र २५–२१ ले जितेको तनहुँले तेश्रो सेट भने २५–१८ ले गोरखालाई सुम्पिन पुग्यो । तर अन्तिम सेटमा खेलमा फर्किदैं २५–१३ ले तनहुँले खेल आफ्नो पक्षमा पार्यो ।

त्यसै गरी आजै सम्पन्न तेश्रो खेलमा बागलुङले लमजुङ विरुद्ध २५–१४, २५–१३ र २५–१८ ले सहज जित निकाल्न सफल भएको छ । यो बागलुङको लगातार दोश्रो जित हो भने यता पर्वतले म्याग्दीलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–१९ ले जित्दै दबाबमा राख्न प्रयास गरेको म्याग्दीले पछिल्ला तिन सेट भने गुमाउन पुग्यो । पर्वतले २५–२३, २५–१७ र २५–९ ले खेल जित्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । म्याग्दीको भने यो लगातार दोश्रो हार हो ।

यस्तै प्रतियोगिताको उपाधि दावेदार मानिएको स्याङजाले कास्की विरुद्ध ३–० को सोझो सेटमा जित निकालेको छ । बुधबार एक खेल जितेको कास्कीले दोश्रो खेल स्याङजा संग २५–२३, २५–१८ र २५–१५ ले सुम्पिन पुग्यो । स्याङजाको यो दोश्रो जित हो ।

यसै गरी छैटौं खेल भने प्रकाशका कारण पुरा हुन सकेन । बागलुङ र नवलपुर विचको खेल २–१ सेटमा रोकिएको छ । पहिलो र दोश्रो सेटमा २५–२३ र २५–१४ ले जित निकालेको बागलुङले तेश्रो सेट २८–२६ ले नगवलपुरलाई सुम्पिंदा खेल रोकिएको थियो ।

पौष १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको समन्वयमा सञ्चालन भएको हो । लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको उक्त प्रतियोगिता अन्तर्गत शुक्रबार ६ खेलहरु हुने अध्यक्ष गुरुङले जनाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close