
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघको आयोजनामा हुने ‘प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता’का लागि कास्की जिल्ला भलिबल संघले टिमको घोषणा गरेको छ ।
यहि पौष ६ गते देखि १० गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १२ जना खेलाडीको नाम घोषणा गरिएको कास्की भलिबल संघका उपाध्यक्ष तथा टिमका व्यवस्थापक लेखनाथ लम्सालले जानकारी दिएका हुन् । बलराम गुरुङको कप्तानी कास्कीबाट सहभागि हुने खेलाडीहरु यूवा खेलाडीहरु रहेको उपाध्यक्ष लम्सालले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामी एक दमै फ्रेस खेलाडीका साथ मैदानमा उत्रिदैं छौं । उनीहरुको खेलले पनि दर्शकहरुलाई आर्कषित गर्नेछ ।”
घोषित टिममा बलराम गुरुङ, सुदिप विक, सूर्यमान गुरुङ, अमिस गुरुङ, सचिन नेपाली, विजय परियार, दिनेश परियार, होमनाथ सुनार, आकाश धमाल, मन्सुर मियाँ, दिपेन्द्र परियार र समिर गुरुङ रहेका छन् । यसै गरी टिमको प्रशिक्षकमा वुद्ध सिंह र सहायक प्रशिक्षकमा सुन्दर श्रेष्ठ रहेका छन् ।
कास्कीले बुधबार पहिलो खेलमा तनहुँको सामना गर्ने उपाध्यक्ष लम्सालले जनाएका छन् । कास्कीले स्थानिय दर्शकहरुको मायाँ र होम ग्राउण्डको फाइदा उठाउने गरी मैदानमा तनहुँको सामना गर्ने उनले बताए ।