गण्डकी प्रदेशस्तरिय भलिबलको उद्घाटन खेलमा पर्वत र बागलुङ भिड्ने

पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघको आयोजनामा हुने ‘प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता’को उद्घाटन खेलमा पर्वत र बागलुङको भिडन्त पक्का भएको छ ।

बुधबारबाट पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आयोजना हुने प्रतियोगितामा ति दुई टिमको भिडन्त पक्का भएको आयोजकले जनाएको हो । प्रतियोगिताको पहिलो दिन चार खेल हुने आयोजक संस्थाका महासचिव तहल सिंह थापा मगरले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

लिगकम नक आउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो दिन चार खेल तय भएको महासचिव थापा मगरले जानकारी दिएका छन् । बिहान १० बजे पहिलो खेल स्याङजाले गोरखाको सामना गर्नेछ भने मध्यान्ह १२ बजे सुरु हुने अर्को एक खेलमा कास्कीले तनहुँ संग भेट पक्का गरेको छ । वेष्ट अफ फाइभको आधारमा खेलाइने खेलको उद्घाटन खेल दिउसो २ बजे सुरु हुने छ भने अन्तिम खेल ४ बजे म्याग्दी र लमजुङले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा उपाधि विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख, तृतियले ५० हजार तथा चौथो हुनेले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्ने छन् । यसै गरी प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना खेलाडीले नगद २० हजारका साथमा ट्रफी र मेडल प्रदान गरिनेछ ।

त्यसै गरी उत्कृष्ट विभिन्न पाँच विद्या उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचलाई जनही नगद १०–१० हजार प्रदान गरिने छ ।

नेपाल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको व्यवस्थापन, प्रदेश खेलकुद परिषद गण्डकीको समन्वय र राष्ट्रिय खेलकुद परिषदको समन्वयमा हुने उक्त प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडीको उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने अध्यक्ष नविन कुमार गुरुङले बताए ।

यसै गरी आगामी पुष २४ गतेबाट सुरु हुने एनभिए कप राष्ट्रिय भलिबल प्रतियोगिता र माघ ८ गतेबाट सञ्चालन हुने टाइगर कप भलिबल प्रतियोगिताका लागि समेत खेलाडी छनौट गरिने छ ।

कुल ३१ लाख १० हजार खर्च हुने उक्त प्रतियोगिताका लागि आयोजकले जिल्ला भलिबल संघलाई तयारी खर्च स्वरुप नगद ५० हजार प्रदान गर्ने आयोजकले जनाएको छ । पौष १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा कास्की, स्याङजा, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतको सहभागिता रहने गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close