‘टुर डि पोखरा’को तयारी पुरा, मेयर कप साइकल दौडमा ६० जनाको सहभागिता

१ सय २० जना साइक्लिष्ट बागलुङ देखि पोखरा आउने

पोखरा स्पोर्टस । छैटौं ‘टुर डि पोखरा’को तयारी पुरा भएको छ भने पौष ६ गते हुने मेयर कप साइकल दौडमा ६० जनाले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ ।

पोखरा महानगरको संयोजनमा साइकल सिटी पोखराले आयोजना गर्ने पोखराको एक महत्वपूर्ण कार्यक्रम मध्येको ‘टुर डि पोखरा’को तयारी पुरा भएको आयोजकले एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । टुर डि पोखरा २०२२ “थोपा थोपा ईन्धन बचाऊ” भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमअन्तर्गत बागलुङ कालिका मन्दिर देखि पोखरा विन्द्ययवाशिनी मन्दिर सम्म साइकल यात्रा हुनेछ ।

उक्त ७२ किलोमिटर साइकल यात्रामा १ सय २० जनाको सभागिता रहने कार्यक्रमका संयोजक राजन गोङ्गजुले जानकारी दिएका छन् । साइकल यात्राका लागि बागलुङ नगरपालिका र कुश्मा नगर पालिकाले सहकार्य गर्ने उनले जानकारी दिए । उनले भने–“साहसिक खेलको राजधानी पोखरामा साइकलका इभेन्ट नौलौ रुपमा पस्कन लागेका छौं । कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन हातेमालो गर्दै महाउत्सवको रुपमा मनाउन सहकार्य गर्न पोखरेलीहरुलाई आह्वान गर्दछौ ।”

स्वास्थ्य, बातावरण र पर्यटन प्रवर्द्धनको उद्धेश्यसहित आयोजना हुने ‘टुर डि पोखरा’ अन्तर्गत पोखरामा पुष ९ गते हुने १९ किमि साइकल यात्रामा करिव १ हजार ५ सयको सहभागिता हुने आयोजक संस्थाका सल्लाहकार प्रकाश बज्रचार्यले जानकारी दिएका छन् । उनले भने–“यो पोखराको वृहत कार्यक्रम हो । पोखरा बाहिरबाट समेत टुर डि पोखरामा आउने क्रम सुरु भइसकेको छ ।”

पौष ९ गते हुने उक्त साइकल यात्रा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रबाट सुरु भइ नगरको विभिन्न भग परिक्रममा पश्चात पुनः प्रदर्शनी केन्द्रमा आएर समापन हुने आयोजकले जनाएको छ । सो अवसरमा रक्तदान, सांगेतिक कार्यक्रम लगायत साइकलका विभिन्न प्रतियोगिताम्क कार्यक्रम हुनेछन् ।

मेयर कप साइकल दौडको तयारी अन्तिम चरणमा

टुर डि पोखरा अन्तर्गत नै पुष ६ गते पोखरामा हुने मेयर कप साइकल दौडको तयारी समेत अन्तिम चरणमा पुगेको पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुभास खड्काले जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागिता जनाउन कास्की, काठमाडौं, सिन्धुपाल्चोक काठमाडौं, बाँके, रुपन्देही, नुवाकोट, सुनसरी, धादिङ, स्याङजा तनहुँलगायत तिन विद्यामा ६० जना भन्दा बढिले नाम दर्ता गराइसकेको सदस्य सचिव खड्काले जानकारी दिएका छन् ।

पोखरा २१ स्थित यूवा वर्ष आधारभुत विद्यालय कमेरेबाट सुरु हुने प्रतियोगिता अन्तर्गत खुल्ला इलाइट पुरुष, इलाइट महिला र ४० वर्ष भन्दा माथी मास्टर्स (भेट्रान्स) गरी तिन छुट्टा–छुट्टै विद्यामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा खुल्ला इलाइट पुरुष र महिलातर्फ क्रमश प्रथम, द्वितिय र तृतियले जनही नगद रु ३० हजार, २० हजार र १० हजार तथा सान्त्वनातर्फ चौथो हुने दुईजनाले जनही नगद ५–५ हजार प्राप्त गर्ने समितिका सदस्य सचिव खड्काले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । त्यसै गरी मास्टर्सतर्फ क्रमश प्रथम, द्वितिय र तृतियले जनही नगद रु १० हजार, ७ हजार र १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा आयोजना हुने उक्त प्रतियोगिता छैटौं टुर दि पोखरा अभियान अन्तर्गतको पूर्व सन्ध्यामा हुन लागेको जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जनाएका छन् ।

इलाइट महिला पुरुषको खुल्ला साइकल दौड ५० किमिको हुनेछ भने मास्टर्सतर्फ २५ किमिको हुने अध्यक्ष भण्डारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close