आहा ! रारा पोखरा गोल्डकपका लागि सहारा क्लब हङकङले ३ लाख सहयोग गर्ने

पोखरा स्पोर्टस । सहारा क्लब पोखराको भातृ संस्था सहारा क्लब हङकङले ‘२२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’का लागि नगद ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि पोखरा रंगशालामा आयोजना हुने ‘२२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’का लागि उक्त रकम सहयोग गर्ने भएको हो ।

सहारा क्लब हङकङका उपाध्यक्ष खम गुरुङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले हालै सम्पन्न स्व.बिल तामाङ स्मृति सहारा फुटबल कपको आयव्यय समेत सार्वजनिक गरेको छ । जसमा १ लाख ३९ हजार आम्दानी भएकोमा खर्च कटाएर ६१ हजार हङकङ डलर बचत भएको जनाइएको छ ।

यसैगरी, यही २५ डिसेम्बरमा हुन लागेको गोर्खा कपमा क्लबले आफ्नो तर्फबाट सहभागिता जनाउने निर्णय पनि गरेको छ ।

फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखरा मोफसलको चर्चित क्लब हो । क्लबले पोखरा १७ दोबिल्लामा सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ । क्लबले निरन्तररुपमा गएको दुई दशकदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । सहारा क्लब पोखराले पहिलो पल्ट २०५८ सालमा क्याराभान गोल्डकप गरेको थियो ।

२२ औं सस्करणको आहा रारा प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close