
पोखरा स्पोर्टस । ‘प्रथम हिमालयन ब्रुअरी तथा १२ औ बगर भाईखलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतीयोगिता २०७९’ को आयोजक संस्था बगर भाई खलकले पुरस्कार राशीमा वृद्धि गर्नुका साथै प्रतियोगिता सम्पन्न गर्न मूल आयोजक समिति र उपसमिति गठन गरेको छ ।
‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात विगत २०६८ साल देखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता यो वर्ष आगामी माघ ३ गते देखि ८ गते सम्म हुने भएको हो । पोखराको बगरस्थित सांस्कृतिक तथा ऐतिहासिक खेल मैदान टुँडीखेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गर्नुका साथै प्रतियोगिता सम्पन्न गर्न १ सय ५१ सदस्यिय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको संस्थाका अध्यक्ष तथा मुल आयोजिक समितिका संयोजक दिल बहादुर गुरुङले जनाएका छन् ।
४० वर्ष भन्दा माथी र ६५ वर्ष भन्दा मुनीका भेट्रान्स खेलाडीहरुको सहभागिता रहने उक्त प्रतियोगितामा बगर भाई खलकले पुरस्कार राशीमा समेत वृद्धि गरेको जनाएको छ । ‘प्रथम हिमालयन ब्रुअरी तथा १२ औ बगर भाईखलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतीयोगिता २०७९’ को उपाधि विजेताले नगद २ लाख प्राप्त गर्ने छ । त्यसै गरी उपविजेताले नगद १ लाख र सेमि फाइनलिस्ट दुई टीमले जनही २० हजार प्राप्त गर्ने अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डीफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही नगद ५–५ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई ब्यबस्थित र प्रभाबकारी ढंगले सम्पन्न गर्न गठित विभिन्न उपसमिती अनुसार आर्थिक उपसमितिको संयोजकमा बिष्णु कुमार गरुङ, प्राबिधिक तथा अनुसाशनमा दिनेश कुमार श्रेष्ठ, स्वयम् सेवक परीचालनमा धन (सन्तोष) गुरुङ, सुरक्षामा पुरुषोत्तम श्रेष्ठ, टीम ब्यबस्थापनमा इस्वर(चन्द्र) गुरुङ, मन्च ब्यबस्थापनमा ओमकार गिरी, मैदान ब्यबस्थापनमा प्रदिप (दारा सिंह) राई, मेडिकलमा बाबुराम पौडेल, प्रचार प्रसारमा मानकाजी गुरुङ, सचिबालय, बसोबास, खाजाखाना एवं यातयातमा याम बहादुर गुरुङ, पुरुस्कार तथा प्रमाणपत्रमा रमेश कुमार श्रेष्ठ तथा अतिथि सत्कारमा बिजया गुरुङ र राधा गुरुङ रहेका छन ।
प्रतियोगितामा मित्रराष्ट्र भारत लगायत नेपालका विभिन्न भेट्रान्स फुटबल क्लवहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।