
पोखरा स्पोर्टस । युवा तथा खेलकुद मन्त्रालयबाट महाशाखा प्रमुख तेज प्रसाद काफ्लेलाई विदाई गरिएको छ ।

निजामती सेवाबाट अनिवार्य अवकास पाएका काफ्लेलाई आज मन्त्रालयले एक कार्यक्रमका विच विदाई गरेको हो । २८ वर्ष निजामती सेवामा शिक्षा सेवाबाट प्रवेश गरेका पोखरा १९ का काफ्लेले प्रदेश मन्त्रालय गठन भए संगै सामाजिक विकास मन्त्रालयमा करिव चार वर्ष अघि कार्यभार सम्हालेका थिए । करिव दुई वर्ष अघि समाजिक विकास मन्त्रालयबाट खेलकुद मन्त्रालय स्थापना गरिएपछि उनी महाशाखा प्रमुखको रुपमा सेवारत थिए ।
सेवा निवृत भएका काफ्लेलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव वद्रिनाथ अधिकारी, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, कर्मचारी लगायतले विदाई गर्दै काफ्लेले आफ्नो सेवा अवधिमा सेवाग्रहीको कामलाई निकै प्रमुखताका साथ सरल रुपमा सम्पन्न गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा सेवा निवृत भएर जान लागेका काफ्लेले आफ्नो सेवा अवधिमा सहयोग गर्नेहरु प्रति आभार प्रकट गरेका थिए ।
सोही अवसरमा खेलकुद मन्त्रालयमा सरुवा भएर महाशाखा प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका घनश्याम पौडेललाई स्वागत गरिएको थियो ।
