नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले ओलम्पियन विष्ट र राणालाई गरे बिदाई

पोखरा, २६ चैत ।  नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले एक कार्यक्रमका बिच ओलम्पियनहरु दिपक विष्ट र स्नेहा राज्य लक्ष्मी राणालाई विदाई गरेका छन ।

ओलम्पियनहरु विष्ट र राणाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजन गर्न गई रहेको नवौं ईण्टरनेशनल एथलेट्स फोरममा सहभागीता जनाउने छन ।

उक्त फोरम यही अप्रिल १३ देखी १७ सम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रधान कार्यालय स्वीट्जरलैण्डको लुसान शहरमा हुँदछ । जसमा राणाले नेपाल ओलम्पिक कमिटीको तर्फबाट प्रतिनिधित्व गर्नेछिन भने विष्टले ईण्टरनेशनल एथलेट्स फोरम अन्तरगत ओलम्पियन फोरममा सहभागिता जनाउने छन ।

उक्त विदाईमा अध्यक्ष श्रेष्ठले ओलम्पिक उद्धेश्य र ओलम्यिनको महत्व बारे प्रकाश पार्दै सकरात्मक सोचका साथ सहभागी भएर लगनशिलता सहित गतिविधिहरु सिक्न र त्यसलाई नेपालको परिबेशमा लागु गर्न आग्रह गरे ।

विदाई कार्यक्रममा मेडिकल कमिशनका अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठ, ओलम्पियन उमेश मास्के र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठकोे समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close