गण्डकी प्रदेशका खेलकुद मन्त्री गुरुङ नेकपा एसमा प्रवेश

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

मन्त्री गुरुङलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा प्रवेश गराएका हुन् । आम निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवार उनी मनाङ जिल्लाबाट प्रदेश सांसदमा निर्विरोध निर्वाचित भएका थिए । उनी नेकपा एसमा प्रवेश गरे संगै गण्डकी प्रदेशमा रिक्त नेकपा एसको प्रदेश सभामा प्रवेश हुने भएको छ ।

मन्त्री गुरुङ यस अघि २०७४ मा स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका उनी नेकपा एमाले प्रवेश गरी गण्डकी प्रदेशको यूवा तथा खेलकुद मन्त्री भएका थिए । तर पछि उनले एमाले त्याग्दै स्वतन्त्र सांसदको हैसियतमा एमाले माओवादी गठवन्धन सरकारमा सामेल भएका थिए । उनकै कारणले गण्डकी प्रदेशका एमाले नेतृत्व गरेको पृथ्विसुव्वा गुरुङको सरकार समेत ढलेको थियो ।

उनले एक प्रेश विज्ञप्ती प्रकाशित गर्दै नेपालको सच्चा कम्युनिष्ट नेकपा एकीकृत समाजवादी रहेको भन्दै आफ्नो सिद्धान्त संग समेत मेल खाएको धारणा राखेका छन् ।

नेकपा एसमा प्रवेश गरे संगै उनले आगामी गठवन्धन नेतृत्वको सरकारमा मन्त्री पद पाउने चर्चा समेत चल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close