मेयर कप व्याडमिन्टनः रशिला र अनु अन्तिम आठमा

पोखरा स्पोर्टस । नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई ्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम आठमा प्रवेश गरेका छन् ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकल तर्फ नवौं राष्ट्रिय प्रतियोगिताका विजयी राष्ट्रिय च्यामिपयन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९, २१–१० ले तथा अनुले पाँचथरकी रिना तामाङ्गलाई २१–१३, २१–१३ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ अन्तिम आठमा प्रवेश गर्ने अन्य खेलाडीहरुमा सर्लाहीकी निकिता लामा, एपिएफकी शोभा गौचन, मोरङ्गकी शिमा राजबंशी, सेनाकी प्राथना देउवा, पुलिसकी निता लम्साल र सेनाकी स्नेहा श्रीपाली रहेका छन् ।

निकितालै कञ्चनपुरकी निलिमा महरालाई २१–१५, २१–१६, शोभाले बेलटार व्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१८, २१–१५, शिमाले सेनाकी बिष्णा बिष्टलाई २१–१८, १४–२१, २१–११, प्राथनाले ललितपुरकी सुपला बज्राचार्यलाई २१–९, २१–७, निताले सुर्खेतकी यशोदा रोकायालाई २१–६, २१–६ र स्नेहाले कैलालीकी अनिला सुनुवारलाई २१–१०, २२–२४, २१–१५ ले पराजित गरेका हुन् ।

राष्ट्रिय बरियता समेत रहेको प्रतियोगिताको पुरुष एकल तर्फ राष्ट्रिय च्यामिपयन तथा विश्य ब्याडमिन्टन जुनियर तर्फ नम्बर एक खेलाडी रहिसकेका उदियमान खेलाडी पुलिसका प्रिन्स दाहाल प्रिक्वाटरफाईनल प्रवेश गरेका छन् । दाहालले ललितपुरका राजेन्द्र महर्जनलाई २१–१७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । यस्तै १६ फिदरका अमन महर्जनले एपिएफका निराजन देवकोटालाई २०–२२, २१–१२, २१–१४ ले, पाँचथरका दीवस शंकरले कैलालीका चन्द्रिका कथरियालाई २१–११, १२–२१, २१–१४ ले पराजित गरे ।

त्यसै गरी सेनाकी अनिल मल्लले पुलिसका जीवन आचार्यबाट वाकओभर, कास्कीका विधान अधिकारीले कैलालीका शिषिर रानालाई २१–८, २१–६ ले, एपिएफका देवराज रानाले रिभियरा ईन्टरनेशनल एकेडेमीका सुमिन थोकरलाई २१–१६, २१–१५ ले, एपिएफका सुजन थापाले कञ्चनपुरका निखिल भट्टलाई २१–१४, २१–१५ ले, १६ फिदरका सुलभ पौडेलले पुलिसका सुनिल जोशीबाट वाकओभर, कास्कीका विशन गुरुङ्गले पुलिसका पुर्णबहादुर थापालाई १६–२१, २१–१४, २१–१७ ले, सेनाका प्रफुल महर्जनले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापालाई २१–५, २१–९ ले, कैलालीका रोशन साउदले भक्तपुरका मुकेश श्रेष्ठलाई २१–१२, २१–८ ले, सेनाका पविन लिनथेपले एपिएफका विजित थापामगरलाई २१–१५, २१–१० ले, १६ फिदरका क्षितिज खनालले मोरङ्ग जिल्ला ब्याडमिन्टन संघका सुप्रिम पन्थलाई २१–११, २१–७ ले, सेनाका हिमाल चन्दले पुलिसका दीपक बोहराबाट वाकओभर प्राप्त गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।

छात्र यु १७ तर्फको प्रतियोगितामा कैलालीका रोशन साउद, सेनाका कविर के.सी., शुभकामना युवा क्लबका सनौला रैनी, सेनाका अनिल मल्ल अन्तिम सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् । यस्तै छात्रा तर्फ कैलालीकी रञ्जु राना, सेनाकी रिहाना शेरचनले पनि अन्तिम चारमा स्थान बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close