विश्वकप फुटबल : अर्जेन्टिनालाई स्तव्ध पार्दै साउदी अरेवियाको ऐतिहासिक जित

पोखरा स्पोर्टस । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिनालाई स्तव्ध पार्दै साउदी अरेवियाले ऐतिहासिक जित निकालेको छ ।

साउदी अरेबियाले दुई पटकको च्याम्पियन समेत रहेको अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको हो । एक गोलले पछि परेको साउदीले नतिजा उल्टाउँदै अर्जेन्टिनामाथि ऐतिहासिक जित जित निकाल्न सफल भयो । उपाधिको मुख्य दाबेदार मानिएको अर्जेन्टिनाले पराजित हुँदा लाखौं प्रशंसक समेत अचम्भित भएका छन् ।

खेलमा अर्जेन्टिनाले पेनाल्टी मार्फत गोल गर्दै अग्रता लिएको थियो । मेसीले पेनाल्टी मार्फत गोल गर्दै अजेन्टिनालाई अग्रता दिएका थिए । साउदीका साउद अब्दुलहामिदले लिएन्ड्रो परेडेसलाई फउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी प्राप्त गरेको थियो ।

खेलको दोश्रो आफ भने साउदी अर्जेन्टिना माथी हावी हुँदै लगातार २ गोल गर्न सफल भयो । साउदीले पाँच मिनेट अन्तरमा दुई गोल गरी अर्जेन्टिनालाई दवावमा मात्रै राखेन जित समेत हासिल गर्‍यो । ४९औं मिनेटमा सालेह अल शेहरीले साउदी अरेबियाका लागि बराबरी गोल फर्काएका थिए । दोश्रो गोल साउदीका लागि सालेम अल दावसारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close