
पोखरा स्पोर्टस । नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशनले अध्यक्ष पदमा वुद्ध बस्नेतलाई निर्वाचित गरेको छ ।
जापान टोकियोस्थित शिनओकुवामा मंगलबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि बस्नेतलाई निर्विरोध निर्वाचित गरेको हो । अध्यक्ष बस्नेत संगै सम्पूर्ण कार्यसमिति समेत निर्विरोध चयन भएको निर्वाचन समितीका संयोजक नविन गुरुङले जापानबाट पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
त्यसै गरी तिन उपाध्यक्ष पदमा भिक्टर मगर दिपेश खत्री र बसन्त थापा निर्वाचित भएका छन् भने महासचिबमा प्रकाश चन्द्र जोसी, सहसचिबमा रबिन सुबेदी, कोषाध्यक्षमा कमल खड्का र सहकोषाध्यक्षमा केशव सुबेदी निर्वाचित भएका छन् ।
नेपाल भलिबल सघ जापान शाखाको दोश्रो अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित भएकोमा निर्वाचन समितीका संयोजक एवम गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले कार्यकाल सफलताको लागि नव निर्वाचित अध्यक्ष बस्नेत सहित सम्पूर्ण कार्यसमितिलाई बधाई दिएका छन् ।
सम्पन्न अधिवेशन संगै आफ्नो कार्यकाल सफल गराउन भूमिका खेल्ने निबर्तमान अध्यक्ष रत्न शिह बस्नेत र कार्यसमितिलाई समेत जापान शाखाका पूर्व अध्यक्ष रहेका गुरुङले धन्यवाद दिएका छन् ।
उक्त निर्बाचन समितीको सदस्यमा लक्ष्मण कार्की र महेन्द्र साहनी रहेका थिए ।