विश्वकप फुटबल २०२२ : सोमबार तीन खेल हुँदै

पोखरा स्पोर्टस । कतारमा आइतबारबाट सुरु भएको फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुनेछन् ।

पहिलो खेलमा सुमह बि अन्तर्गत इङ्ल्यान्डले इरानको सामना गर्दैछ भने समूह ‘ए’ को खेलमा सनेगलले नेदरल्यान्ड्सँग भिडने छ । त्यसै गरी समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ रहेको इङ्ल्यान्ड र इरान विचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा हुनेछ । सोही समयमा नेदरल्याण्ड र वेल्स विचको खेल हुने छ ।

अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

विश्वकपको उद्घाटन खेलमा आयोजक कतारलाई २–० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close