एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस भोलिदेखि

पोखरा स्पोर्टस । नेपाल एपीएम प्रा.लि. को आयोजनामा दोश्रो एपीएम अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एपीएमका प्रशिक्षक ज्याकी महर्जनले जनाएका छन् ।

प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि, महिला ४० वर्षमाथि र पुरुष टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । कुल पुरस्कार राशी ४ लाख ५० हजार रुपैयाँ रहेको छ । हरेक स्पर्धाका विजेताले ५० हजार, उपविजेताले २० हजार तेश्रोले १०–१० हजार नगद पुरस्कार पाउने छन् ।

नेपाल, दक्षिण कोरिया, अमेरिका, चीन, जापान र भारतका गरी जम्मा ८० खेलाडीको सहभागिता रहने एपीएफका निर्देशक दानबहादुर महताले जनाएका छन् ।

भेट्रान बाहेक यु–१६ उमेरसमूहको मिक्स डबल्समा पनि खेल हुनेछ । यो स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले १ लाख रुपैयाँ बराबरको जिओमको टेबलटेनिस सामाग्री पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । ३० खेलाडी सहभागी हुने छन् ।

युथ खेलाडीलाई ओलम्पिकमा टेबलटेनिसकी स्वर्ण विजेता याङ योङ जाले प्रशिक्षण पनि दिने छिन् । दक्षिण कोरियाकी याङ नेपाल आइसकेकी छन् । दुईदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै हलमा हुनेछ ।

पहिलो दिन चार स्पर्धाको फाइनल हुनेछ । यु–१६, महिला ४० वर्षमाथि, पुरुष ६० वर्षमाथि र पुरुष टिम इभेन्टमा विजेताको टुंगो लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close