सर्ने भयो २२ औं आहा ! रारा गोल्डकप !

पोखरा स्पोर्टस । आगामी पुष १२ गते तय भएको २२ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता सर्ने सम्भावना बढेको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले आगामी पुषको दोस्रो साता भित्र नै पोखरामा स्पेनको एउटा व्यावसायिक टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भए पछि आहा रारा गोल्डकप केही पछि सर्ने भएको हो । कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रञ्जितका अनुसार उक्त मैत्रीपूर्ण खेल सम्भवत पुसको १३ गते पोखरामा हुनेछ । पोखरा स्पोर्टस संग कुरा गर्दै अध्यक्ष रञ्जितले भने–“अहिले सम्म एन्फाले मितिको घोषणा गरेको छैन तर मौखिक रुपमा पुस १३ गते हुने सम्भावना छ ।”

कास्की जिल्ला फुटबल संघले आहा रारा गोल्डकपको आयोजक संस्था संग बैठक गरी गोल्डकपको मिति सार्न आग्रह गरिएको अध्यक्ष रञ्जितले बताए । नयाँ मिति अनुसार अव आहा रारा गोल्डकप पुस १४ गतेबाट सुरु हुने सम्भावना रहेको उनको भनाई छ ।

लुम्बिनी गार्डेन फाउन्डेशनको आयोजनामा नेपाल भ्रमणमा आउन लागेको स्पेनिस टिम क्लब पोलिडेपोर्टिभो कासेरेनो (सिपी कासेरेनो)ले काठमाडौं र पोखरामा एक/एक खेल खेल्ने छ ।

सहारा क्लव पोखराले केही दिन अघि मात्रै पुस १२ गतेबाट आहा रारा गोल्डकप सुरु हुने जनाएको थियो । विदेशी टिमनै पोखरा आउने भए पछि सहाराले पुस १४ गतेबाट खेल सुरु गर्नुपर्ने बाध्यता समेत रहेको अध्यक्ष रञ्जितले बताए । काठमाण्डौमा यस अघि नै पुस २६ गतेबाट राष्ट्रिय लिग सुरु हुने मिति तय भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close