टि–२० विश्वकपको उपाधि इङ्ल्याण्डले जित्यो

पोखरा स्पोर्टस । टि–२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ । अस्ट्रेलियाको मेलवर्न क्रिकेट ग्राउण्डमा सम्पन्न फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

निकै रोमाञ्चक बनेको फाइनल खेलमा इङ्ल्याण्डले एक ओभर अगावै आफ्नो १३८ रनको लक्ष्य भेट्टाएको थियो । इङ्ल्याण्डको जितमा बलर श्याम करन र व्याटिङतर्फ बेन स्टोक्सको पारी निकै महत्वपूर्ण रह्यो । दुवै जना इङल्याण्डको जितका लागि नायक बने ।

पाकिस्तान बलर सामु टिकेर खेलेका स्टोक्सले ४९ बलमा आफ्नो अर्धशतकिय पारी खेले । उनले ५२ रन बनाउँदै नट आउट रहे । उनले खेलमा ६ चौका र एक छक्का प्रहार गरे । यता वलिङतर्फ इङ्ल्याण्डका श्याम करनले ४ ओभरको स्पेलमा १२ रन खर्चिदै महत्वपूर्ण ३ विकेट हात पारेका थिए । उनले मोहमद रिजवान, शान मसुद र मोहमद नवाजको विकेट लिएका थिए । श्याम खेलको म्यान अफ दि म्याच संगै प्रतियोगिताको म्यान अफ दि सिरिज समेत भएका छन् । 

फाइनलमा टस जितेर फिल्डिङ रोजेको इङ्ल्याण्डले पाकिस्तानलाई ८ विकेटको नोक्सानीमा १३७ रनमा रोक्न सफल भएको थियो । पाकिस्तानका लागि शान मसुदले ३८ कस्तान बबर आजमले ३२, शावाद खानले २० र मोहमद रिजवानले १५ रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

यता वलिङतर्फ इङ्ल्याण्डका श्याम करनले ४ ओभरको स्पेलमा १२ रन खर्चिदै महत्वपूर्ण ३ विकेट हात पारेका थिए । श्याम खेलको म्यान अफ दि म्याच संगै प्रतियोगिताको म्यान अफ दि सिरिज समेत भएका छन् । उनले मोहमद रिजवान, शान मसुद र मोहमद नवाजको विकेट लिएका थिए । इङ्ल्याण्डका अदिल रशिद र क्रिस जोर्डनले समान २–२ विकेट हात पार्दा बेन स्टोक्सले १ विकेट लिएका थिए ।

यता जवाफी व्यटिङमा उत्रिएको इङ्ल्याण्डले ७ रनमा नै पहिलो विकेट गुमाएको थियो । शाह अफ्रिदीको बलमा एलेक्स हेल्स १ रनमा पेभिलिएन फर्किका थिए । दोश्रो विकेट इङ्ल्याण्डले ३२ रनमा फिल्ट शल्टलाई गुमाउन पुग्यो । उनलाई व्यक्तिगत १० रनमा शाह अफ्रिदीले आउट गरेका थिए । इङ्ल्याण्डलाई खेलमा फर्काउन जोश वटलरको पारी महत्वपूर्ण रहन पुग्यो । उनले फाइनलमा १७ बलमा तिन चौका र एक छक्का प्रहार गर्दै ३२ रन जोडे । तर उनलाई हरिश रउफले आउट गर्दै खेललाई पाकिस्तानतर्फ मोडन प्रयास गरे ।

यसै गरी इङल्याण्डका लागि मोइन अलिले १९ र हेरी ब्रुकले २० रन बनाए । इङ्गल्यान्डले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो। यसअघि सन् २०१० मा उसले उपाधि जितेको थियो।  इङ्गल्यान्डबाहेक वेस्ट इन्डिजले दुईपटक टी-२० विश्वकप जितेको छ। १३ वर्षपछि फाइनल पुगेको पाकिस्तान कमजोर ब्याटिङपछि उप-विजेतामा सीमित बनेको हो।

फोटो : इएसपिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close