एन्फाको ‘ड्रिम प्रोजेक्ट’ एन्फा टेक्निकल सेन्टर धरापमा !

पहिला नदि कटानबाट जग्गा जोगाउने प्रतिवद्धता आउनु पर्छ–वरिष्ठ उपाध्यक्ष खड्का

पोखरा स्पोर्टस । नेपालमा पुरानै रोग हो । एक कार्यसमितिको कार्यकाल सकिए लगतै अघिल्लो कार्यसमितिले सुरुवात गरेका कुराहरुलाई वास्तै नर्गनु । नेपाली फुटबल संस्थाहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)मा त्यही कुरा पछ्याइएको छ । एन्फा आफैले सुरुवात गर्न लागेको ‘ड्रिम प्रोजेक्ट’ एन्फा टेक्निकल सेन्टर धरापमा परेको छ ।

एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएको पाँच महिना विति सक्यो । ६ महिना अघि सम्म एन्फाका निवर्तमान अध्यक्ष निर्माणको कार्यलाई लिएर निवर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा पटक–पटक पोखरा आउँथे । भिडाँवारी पुगेर स्थानिय संग एन्फाको सम्वन्ध गाँस्थे । तर अव त्यो अध्याय समाप्त भएको छ । एन्फामा नयाँ पदाधिकारी निर्वाचित भएर आएर आएका छन् । कुनै बेला देशकै फुटबलको विंडो धान्ने एन्फा केन्द्रमा कास्कीबाट एक जना पनि पदाधिकारी छैनन् । यहाँको प्रमुख सरोकारको विषय केन्द्रमा नउठ्दा पनि यसको कार्यान्वयन हुनेमा थप शंका उत्तिकै छ ।

‘ड्रिम प्रोजेक्ट’ एन्फा टेक्निकल सेन्टर यति बेला जुङ्गाको लडाँईले धरापमा परेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ भिंडावारीमा एक वर्ष अघि नै शिलन्यासको तयारी गरिएको पनि थियो । तर विविध कारणले अघि बढ्न सकेन । तर यति बेला इ-टेन्डर गरेर पनि एन्फाले उक्त परियोजनालाई आफैले अघि नवढाउने मुडमा पुगेको छ । विश्व फुटबलहरुको छाता संस्था फिफाले परियोजना सम्पन्न गर्न चार वर्षका लागि प्रदान गरेको ८४ करोड बजेट अव के हुने भन्ने अर्कोतर्फ छंदैछ ।

विशेष गरी निवर्तमान अध्यक्ष कर्मा र अहिलेको नेतृत्व लिइरहेका पंकज नेम्वाङ विचको लडाँईले यति बेला ‘ड्रिम प्रोजेक्ट’ एन्फा टेक्निकल सेन्टर अव करिव करिव निर्माण नहुने अवस्थामा पुगेको छ । यस अघि पनि निर्वतमान अध्यक्ष शेर्पाले नै आफ्नो बलमा उक्त सेन्टर माछापुच्छ्रेमा निर्माण गर्न पहल गरेका थिए । सो प्रोजेक्ट बारे पोखरा स्पोर्टस संग कुरा गर्दै एन्फाका बरिष्ठ उपाध्यक्ष बिर बहादुर खड्काले नदी कटानको समस्या उठाए । उनले भने–“पहिला नदि कटानबाट जग्गा जोगाउन नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारले प्रतिवद्धता व्यक्त गर्नुपर्छ तर् मात्रै तव मात्रै परियोजना बारे सोच्न सकिन्छ ।” उनको भनाईले पनि एन्फाको ‘ड्रिम प्रोजेक्ट’ धरापमा परेको निश्चित जस्तै भएको छ ।

एन्फा केन्द्रमा अध्यक्ष पंकजका दाहिने हात मनिने  वरिष्ठ उपाध्यक्ष खड्का निर्माण कार्य सहज बनाउने भन्दा पनि अड्काउनेतर्फ वढि केन्द्रित देखिन्छन् । कुनै बेला कास्की एन्फाको अनियमितताको छानविन गरेर चर्चामा आएका खड्का ‘ड्रिम प्रोजेक्ट’ बारे खासै कुरा गर्न समेत रुचाउन्नन् । पोखरामा आउँदा यसबारे चर्चा नै नहोस भन्ने उनी चाहन्छन् । अध्यक्ष नेम्वाङ समेत एक पटक मात्रै परियोजनास्थल पुगेका छन् । उनले समेत परियोजना बारे चासो नदिएको स्पष्ट छ । 

करिव ४ सय रोपनी जग्गामा तिन वटा फुटबल मैदान सहित विच फुटबल र भवन सहित निर्माण हुने भनिएको प्रोजेक्ट अव नेपालको अन्त निर्माण भए पनि आश्चर्य मान्नु पर्दैन । यस अघि पनि बागमतीको बाढी देखाएर उक्त स्थानमा निर्माण हुन नदिन एन्फाकै पदाधिकारीहरुले चलखेल गरेको सबैका सामु प्रष्टै छ । पोखरा स्पोर्टस संगको कुराकानीमा वरिष्ठ उपाध्यक्ष खड्का निर्माणको विषयलाई भन्दा पनि कुरालाई अन्त मोड्न चाहेको देखिन्छ । उनले भने–“यस अघि पनि साधारण सभाले पास गरेको हो । तर कर्माजीले एन्फाका कुनै पनि पदाधिकारीलाई निर्माणस्थल ल्याएर अवलोकन समेत गराउनु भएन । न त कुनै दिन यसबारे राम्रो संग व्रिफिङ नै गर्नु भयो ।”

यता कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जित भने परियोजना अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने–“हामीले यस बारे दलका नेताहरुलाई समेत जानकारी गराएका छौं भने सरोकार वालाहरु सबै संग छलफल गरेका छौं । फिफाको ८४ करोड मात्रै हो । तर त्यहाँका जनता र पालिकाले त ३ सय ३९ करोडको सम्पती एन्फालाई वुझाएका छन् ।” यो कुरालाई एन्फाले आत्मसात गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

माछापुच्छ्रे गाउँपालिकाले भने निर्माण कार्य अघि नबढाएको भन्दै एन्फा संग रुष्ट बनेको छ । पालिकाले एन्फालाई स्पष्टिकरण सोध्ने तयारी समेत गरेको छ । केही व्यक्तिको जग्गा र सार्वजनिक जग्गा .सहित पालिकाले एन्फालाई ३० वर्षका लागि लिजमा दिर्ने प्रक्रिया अघि बढाएको थियो भने नदिबाट काटान रोक्न २ करोड भन्दा वढि लगानी गरिसकेको छ । तर वर्तमान एन्फा नेतृत्व माछापुच्छ्रेमा नै आफ्नो ड्रिम प्रोजेक्टलाई अघि बढाउन नचाहेको स्पष्ट देखिएको छ ।

अव निर्माण अघि बढाउन कस्केलीहरुले नै फिफा देखि एन्फा सम्म ठूलो लडाँई लड्नु पर्ने आवश्यक्ता रहेको फुटबल प्रेमीहरु विच चर्चा चल्न थालेको छ । उनीहरुले भनेका छन्–“दक्षिण एसियामा नै पहिलो पटक निर्माण हुने लागेको परियोजना विरुद्ध यो वा त्यो बहानामा उभिनु एन्फालाई समेत ठूलो घात हुने मात्रै नभई एन्फाले ठूलो मुल्य चुकाउनु पर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close