नेपाललाई साफ च्याम्पियनसिप महिला यू–१५ फुटबलमा उपाधि

पोखरा स्पोर्टस । बंगालादेशमा सम्पन्न साफ च्याम्पियनसिप महिला यू–१५ फुटबलमा नेपालले उपाधि जितेको छ ।

महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहासमा नै पहिलो पटक नेपालले उपाधि जितेको हो । आयोजक प्रतिष्पर्धी घरेलु टिम बंगालादेशलाई फाइनलमा १–१ को वरावरीमा रोकेपछि नेपालले उपाधि जितेको छ । डवल राउण्ड रोविन प्रणालीका आधारमा सञ्चालन भएको साफ यू–१५ महिला फुटबलमा उपाधि जित्न नेपालले बंगालादेश विरुद्ध खेल बरावरीमा टुङ्गाउनु पथ्र्यो ।

नेपालले प्रतियोगितामा तिन खेल जितेको थियो भने एक खेल बराबरी गर्दै १० अंकका साथ अंक तालिकामा शिर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । खेलको अन्तिम समयमा नेपालकी गोलकिपर सुजता तामाङले बंगालादेशकी जोयनोब बीबी रिताको पेनाल्टी बचाउ गर्दै नेपाललाई च्याम्पियन बनाउन सहयोग गरिन् । खेल १–१ मा जारी रहेकै बेला बंगलादेशले खेलको अन्तिम समयमा पेनाल्टीको अवसर पाएको थियो ।

यस अघि खेलको १४ औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाए पनि खेलको दोस्रो हाफमा बंगलादेशकी कप्तान रुमा अख्तरले ५४औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close