२२ औं आहा ! रारा गोल्डकप फुटबल पुष १२ गतेबाट सुरु हुने

पोखरा स्पोर्टस । २२ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी पुष १२ गते देखि २३ गते (27th December, 2022 -7th January, 2023) सम्म हुने भएको छ ।

नेपालकै प्रतिष्ठित गोल्डकपको रुपमा परिचित आमन्त्रित आहा ! रारा गोल्डकपको आयोजक सहारा क्लव पोखराले बिहिबार एक विज्ञप्ती जारी गर्दै सो बारे जानकारी दिएको हो । क्लवका महासचिव रामजी प्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्याराभान गोल्ड कप सहितलाई यो वर्षबाट समावेश गरिएको जनाइएको छ । यस अघि क्याराभान कपलाई आहा राराको संस्करणमा समावेश गरिएको थिएन ।

प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछन् । गत वर्षको विजेता ए.पि.एफ क्लब र उपविजेता मनाङ्ग मर्स्याङ्गदी क्लब रहेको थियो ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close