वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : सुनीरा र आयुष्मानलाई उपाधि

यू–८ मा पोखराका आर्यशलाई उपाधि

पोखरा स्पोर्टस । दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत यू(१४ तर्फको उपाधि सुनीरा थापा र आयुष्मान हजुर घलेले उपाधि जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार गर्ल्सतर्फ सुनीरा र ब्वाइजमा आयुष्मान पहिलो भएका हुन् । सुनीराले फाइनलमा शिभाली गुरुङलाई ६–४ र ६–२ ले हराईन् । आयुष्मानले बोरिस अधिकारीलाई ६–१ र ६–१ ले पाखा लगाए ।

यू–८ ब्वाइजको उपाधि आर्यश राज पौडेलले जिते । उनले फाइनलमा सभ्य जंग कार्कीलाई १०–५ र १०–३ ले हराए ।

यू–९ ब्वाइजमा पनि आर्याशले उपाधि जिते । उनले फाइनलमा सुजन कुइकेललाई ४–० र ४–२ ले हराए ।

यू–९ गर्ल्सको उपाधि अनुश्री धोजुले जितिन् । फाइनलमा अनुश्रीले जेनिशा ज्ञवालीलाई ४–३, ३–५ र ५–४ ले हराईन ।

ब्वाइज यू–१२ को उपाधि बृजेश अर्यालले जिते । उनले फाइनलमा असभ सम्राट हाडालाई ६–१ र ६–१ ले हराए ।

पुरुष ४५ वर्षमाथि डबल्सको उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले हात पारे । श्रेष्ठ र शाहीको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई ७–५ र ६–४ ले हराए ।

५५ वर्षमाथि पुरुष डबल्सको उपाधि कृष्ण घले र सुवर्ण धखवाको जोडीले हात पारे । उनीहरुले फाइनलमा निरन्जन श्रेष्ठ र राम रानाको जोडीलाई ६–१ र ६–३ ले हराए ।

प्रतियोगिता अन्तर्गत नै पुरुष सिंगलमा बिष्णु नेपाली, सौगात बिक, सौरभ नाथ पन्थ, राज विर प्रधान, प्रितम परियार, आशिष खड्का, गोविन्द नेपाली, सुशल मोक्तान र आयुष्मान हजुर घलेले प्रि(क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

३५ वर्षमाथिको पुरुष एकलमा सन्तोष खत्री, भिष्म जंग गुरुङ, जितेन्द्र परियार, कमल भण्डारी, सिमान्त गुरुङ, सुरज लोहनी, प्रवेश पन्त र कृष्ण थापाले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close