आर्मी संग पराजित हुँदा गण्डकीलाई कर्णालीको भर

पोखरा स्पोर्टस । नेपाल आर्मी संगको खेल गुमाएपछि गण्डकी प्रदेशलाई कर्णाली प्रदेश माथी भरोसा गर्नु पर्ने भएको छ ।

काठमाण्डौमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा गण्डकी आर्मी संग ६९ रनको फराकिलो रन अन्तरले पराजित भएको हो । पराजित व्यहोरेको गण्डकीले सेमीफाइनलमा स्थान बनाउन आर्मी र कर्णाली प्रदेश विचको खेल मार्थी निर्भर बनेको छ । कर्णालीले आर्मी विरुद्ध खेल जित्यो भने गण्डकी स्वतः सेमीफाइनलमा प्रवेश गर्नेछ । एपिएफ भने यस अघिनै सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ ।

आइतबारको खेलमा गण्डकी आर्मी विरुद्ध १६६ रनको लक्ष्य पछ्याए पनि ९६ रनमा अलआउट हुन पुगेको थियो । आर्मीलाई सस्तैमा रोक्न विपिन खत्रीले ४ विकेट लिएका थिए । विपिनले आर्मीका अर्जुन साउदलाई व्यक्तिगत १३, हरि चौहानलाई २६, रोहित पौडेल ४ र शुसन भारीलाई व्यक्तिगत १ रनमा आउट गरेका थिए ।

आर्मीका लागि विनोद भण्डारीले ७९ बलमा ५४ रनको योगदान दिए । उनी चन्द्र पौडेलको बलमा क्याच आउट भए । भिम कार्कीले आर्मीका लागि ३९ रनको योगदान दिए । उनलाई अशोक श्रेष्ठले रन आउट गरे ।

तर जवाफी व्याटिङमा उत्रिएको गण्डकी भने आर्मीको शसक्त बलिङ सामु टिक्न सकेन । गण्डकीलाई ३३.२ ओभरमा ९६ रनमा अलआउट गरेको थियो । आर्मीका सुशान भारीले ५ विकेट लिए । उनले ९ ओभरमा २ मेडन राख्दै १४ रनमात्र खर्चिए । साहव आलम र कुशल मल्लले २–२ तथा विक्रम शोवले १ विकेट लिए ।

समुह एमा पाँच टोली सम्मिलित छन् । यो २ जितसँगै आर्मी ४ अंक जोड्दै तेस्रो स्थानमा छ भने चार खेलबाट ५ अंकसहित गण्डकी दोस्रो स्थानमा छ । एपिएफ ७ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close