
पोखरा स्पोर्टस । मोरङस्थित डाँगीहाट युथ क्लवद्वारा आयोजित पाँचौ बेलबारी बुद्ध अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा सहारा क्लवले सहभागिता जनाउने भएको छ ।
कार्तिक १५ देखि २३ गते सम्म आयोजना हुने उक्त गोल्डकपमा सहभागिता जनाउन हिंडेको टोलीलाई सहाराले विहिबार विदाई गरेको हो । सहाराको टोलीमा गोलरक्षकद्वय विमल थापा र रमन थापा, सरोज योञ्जन, आशिष गुरुङ, रन्दिप पौडेल, अजित भण्डारी, विशन गुरुङ, जय गुरुङ, दिपेश आले, अभिषेक राना, मुकुन्द निउरे, सुमित श्रेष्ठ, नवराज धमेल, जिवन रायमाझी, विशाल, नेपाली, भगवत चौधरी, अनिष लिम्वु र शान्तराम गुरुङ रहेको क्लवले जनाएको छ ।
टिमको म्यानेजरमा अतित गुरुङ र अफिसियलमा सिद्धान्त थापा रहेका छन् ।
सहाराले आहा रारा गोल्ड कप बाहेक लामो समय पछि आफ्नो टिमलाई पोखरा बाहिर पठाएको हो । सहाराले आफ्नो पहिलो खेल एपिएफ संग खेल्ने छ । एपिएफ नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता टिम समेत हो ।