पुरुष हक्कीमा आर्मीलाई स्वर्ण, गण्डकीलाई कास्य

पोखरा स्पोर्टस । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्की फाइनलमा नेपाल आर्मी विजयी भएको छ ।

हेम्जाको गौरीशंकर खेलमैदानमा विहीबार सम्पन्न फाइनलमा नेपाल आर्मी २–१ गोल अन्तरले विजयी भएको हो । खेल अवधिभर कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

टाइबे्रकरमा आर्मीका रोशन चौधरी र प्रदिप राजवंशीले गोल गरेका थिए । यता नेपाल पुलिसको तर्फबाट नविन क्षेत्रीले एक गोल गरेका थिए भने शशि दर्लामीले गरेको गोल आउट हुन पुगेपछि आर्मीलाई विजेता हुन अवसर मिलेको हो ।

आर्मीले आठौं राष्ट्रिय खेलकुदमा पनि फाइनलमा नेपाल पुलिसलाई हराउदै स्वर्ण जितेको थियो ।

यस्तै आजै भएको पहिलो खेलमा कर्णालीलाई हराउदै गण्डकीले कास्य पदक जितेको छ । गण्डकीले ३–० को गोल अन्तरले कर्णालीलाई हराएको हो ।

गण्डकीका लागि खेलको १० औं, २७ औ र ४४ औ मिनेटमा पिताम्वर थापाले गोल गरेका थिए भने ५७ औं मिनेटमा विशाल कुमालले गोल गरेका थिए । प्रतियोगितामा ९ टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close