
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ ।
बुधबार भएको फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३–० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो । टाइ ब्रेकरमा आर्मीको लागि सीता कुमारि चौधरी, सरस्वती तामाङ, सीता माया बलले गोल गरे ।
त्यसअघि खेलको ९ औं मिनेटमा नेपाल आर्मीको तर्फ सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल गरिन । खेल १(१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा सकिएको हो ।
यस्तै महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले कास्य पदक जितेको छ । बिहान भएको पहिलो खेलमा सुदुरपश्चिमले २(० को गोल अन्तरले प्रदेश १ लाई हराएको हो । सुदुरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन् । प्रतियोगितामा सात टिम सहभागी थिए ।