जिम्न्यास्टिक पहिलो चरणको खेल सकियो, गुणस्तरहिन खेल सामाग्री, खेलाडी घाइते

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता पोखरा रंगशालामा भइरहेको छ । महिला तथा पुरुषतर्फको पहिलो चरणको प्रतियोगिता सकिएको छ ।

महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ हर्स खेलको प्रतिस्पर्धा सकिएको छ । टिम च्याम्पियनअन्तर्गत बाग्मती प्रदेशले ७१.४७५ अंक सहित प्रथम स्थान हासिल गरेको छ । एपिएफ ६४.३७५ अंक सहित दितीय र नेपाल आर्मी ४८.६७ अंक सहित तृतीय स्थानमा रहेको जज राजेशमान श्रेष्ठले जानकारी दिए ।

ग्राउन्ड फ्लोर लेबलको पहिलो चरणको प्रतिस्पर्धा सकिएको छ भने दोस्रो चरणको केही खेल बाँकी रहेको उनले बताए । महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ हर्ष खेलमा मात्रै प्रतिस्पर्धा हुनेछ । उनका अनुसार महिलातर्फको खेलाडीले ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष र अलअराउण्ड गरि चार मेडल प्राप्त गर्नेछन् ।

पुरुषतर्फ प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स र होराइजेन्टल बारको प्रतिस्पर्धा सकिएको छ । ग्राउन्ड फ्लोर र भल्टिङ हर्सको प्रतिस्पर्धा भइरहेको श्रेष्ठले बताए । ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष, प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स, होराइजेन्टल बार र अलअराउण्ड गरि आठ खेलको मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल बुधबार हुनेछ ।

४० वर्ष पुरानो सामग्रीमै खेल सञ्चालन
खेल सामग्री गुणस्तरीय नहुँदा खेलाडीका साथै जज असन्तुष्ट भएका छन् । ४० वर्ष पहिले खेलिएका सामग्रीमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्याष्टिक खेल खेलाउनु परेको बताएका छन् ।

ग्राउण्ड फ्लोरमा प्रयोग गर्ने म्याट समेत उपयुक्त नभएको उनीहरुको गुनासो छ । गुणस्तरहीन सामग्री उपयोग गर्नुपर्दा खेलाडी घाइते समेत भएको उनीहरुको गुनासो छ । कमसल सामग्रीका कारण ढुक्कसँग आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको खेलाडीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close