सेपाकताक्रो पुरुष : गण्डकीलाई हराउँदै वागमतीले जित्यो स्वर्ण

पोखरा स्पोर्टस । पुर्वी नवलपरासीको कावासोतीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सेपाकताक्रो पुरुष क्वार्ड इभेन्टमा वाग्मतीले स्वर्ण पदक हात पारेको छ ।

वाग्मतीले गण्डकीलाई २–० को सोझो सेटमा हराउदै स्वर्ण जितेको हो । वाग्मतीका लागी सुजन थिङ, राजन नेपाली, जिम्मी कपाली, रविन भट्टराई, संगिन थापा मगर र क्षितिजकुमार धामीको समुहले स्वर्ण दिलाएको हो । गण्डकीका लागी युवारास गुरुङ्ग, अर्जुन राना, विजय महतो, विपिन थनेत, पदमबहादुर ठाडा मगर र निरन गुरुङ्गको समूहले रजत पदक दिलाएका हुन । गण्डकीले रजत तर्फ चित्त बुझाउदा कास्य पदक भने प्रदेश एक ले जितेको छ ।

महिला र पुरुषको फरक फरक ३ वटा विधामा ६ वटा स्वर्ण पदकका लागी जारी प्रतियोगितामा डबल तर्फ महिला र पुरुषको दुवै तथा रेगु महिला तर्फको १ गरी विभागीय टोलि नेपाली सेनाले ३ वटा स्वर्ण पदक जितेको छ । सेपाकताक्रो रेगु पुरुष र क्वार्ड महिला तर्फको फाईनल बुधबार हुनेछ ।

महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छन ।

असोज २८ गते देखि पूर्वी नवलपरासीको कावासोतीमा रहेको योङ्गस्टार क्लबको कर्भडहलमा जारी प्रतियोगिताको समापन बुधबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close