नवौ राष्ट्रिय खेलकुदले उभार ल्याएको छ : सदस्य सचिव घिसिङ

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुद जगतमा नयाँ उभार ल्याएको बताएका छन् ।

म्याग्दीमा सञ्चालीत महिला भलिबल र तेक्वान्दो खेल अवलोकनका लागि मंगलबार बेनी पुगेका सदस्य सचिव घिसिङले खेलाडी र दर्शक तथा सरोकारवालाहरुको साथ र सहयोगबाट नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक बनेको बताए ।

“राखेपको नेतृत्वमा म आएको ११ महिना भएपनि काम गर्न पाएको जम्मा ७ महिना भएको छ,” उनले भने “छोटो तयारीका बावजुद नवौ राष्ट्रिय प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्दैछौ । खेलाडी र खेलप्रेमीहरुको चाहना पुरा गर्न सफल भएका छौ ।”

सदस्य सचिव घिसिङले अन्तर्राष्ट्रिय पदक जित्ने नेपाली खेलाडीलाई सम्मान सहित उचित नगदको समेत व्यवस्था गर्न ऐन संसोधन भएको बताएका छन् । खेलाडीलाई खेल्ने र खेलेर जिवन निर्वाह गर्न पुग्ने किसिमले आर्थिक व्यवस्थापन गर्न राखेपले पहल गरिरहेको उनले बताएका छन् ।

नवौ राष्ट्रिय खेलमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई राष्ट्रिय टिममा अनुबन्ध गराउने र आगामी वर्ष चिनमा हुने हङकङ च्याम्पियनसिपमा सहभागी हुने व्यवस्था मिलाउने बताए ।

सदस्य सचिव घिसिङले बेनीको खुल्लामञ्च खेलमैदानको प्याराफिट निर्माणलाई पूर्णता दिन बेनी नगरपालिकासँग साझेदारी गर्ने प्रतिवद्धता जनाउनुभयो । खेलाडीहरु प्याराफिटमा नअटाएपछि भुईमा बसेर खेल अवलोकन गर्नुपर्ने समस्या हटाउने घिसिङको भनाई थियो ।

जिल्ला समन्वय समिति, बेनी नगरपालिका लगायत म्याग्दीका स्थानीय तह, प्रशासन र सुरक्षा निकाय तथा समुदाय स्तरबाट खेल सञ्चालनका लागि भएको सक्रीयता र सहयोगको उनले प्रशंसा गरे । राखेप टोलीसहित आएका घिसिङले जिसस प्रमुख राजकुमार थापा, बेनी नगरपालिका प्रमुख सुरत केसी, उपप्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतसँग छलफल समेत गरेका थिए ।

महिला भलिबल खेल सञ्चालन भएको खुल्ला मञ्च, तेक्वान्दो सञ्चालन भएको कभर्डहलको निरिक्षणका साथै तेक्वान्दोको विभिन्न विधामा पदक जितेका खेलाडीहरुलाई मेडल, नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले प्रतियोगिता सञ्चालनको तयारीका लागि आर्थिक स्रोत अभावका बावजुद धेरै समस्या भएको र जिल्लाको खेल पूर्वाधारका लागि सदस्य सचिवको ध्यानाकर्षण गराइएको बताउँदै सकारात्मक प्रतिक्रिया पाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close