
पोखरा स्पोर्टस । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमीफाईनल समिकरण पुरा भएको छ ।
समूह क मा रहेको आर्मी १२ अंकका साथ समूह विजेता र गण्डकी प्रदेश ७ अंकका साथ उपविजेता हुदै सेमिफाईल प्रवेश गरेको हो । समूह चरणमा आर्मीले ४ खेल खेलेकोमा चार वटैमा जित निकालेको थियो ।
समुह ख बाट नेपाल पुलिस विजेता र कर्णाली प्रदेश उपविजेता कर्णाली बन्दै सेमीफाईनल पुगेको हो । समूह चरणमा नेपाल पुलिसले खेलेको ३ वटै खेलमा जित निकालेको हो । भने, कर्णालीले ३ खेलमा २ खेल जित्दै ६ अंक जोडेको हो ।
बुधबार हुने पहिलो सेमिफाईनलमा कर्णाली प्रदेशले आर्मीको सामाना गर्नेछ । दोस्रो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिससँग खेल्नेछ ।
मंगलबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई १–० गोल अन्तरले पराजित गर्दै १२ अंक जोडेको हो । आर्मीका लागि ५७ औं मिनेटमा रोशन चौधरीले गोल गरेका हुन् ।
दोस्रो खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई १-० गोलले हराउँदै सेमिफाईनल पुगेको हो । निकै महत्वपूर्ण खेलमा कर्णालीलाई सेमिफाईनल पुर्याउन खेलको २६ औं मिनेटमा निरञ्जन रोकायाले गोल गरेका हुन् ।