पुरुष कुस्तीमा एपीएफलाई ४ स्वर्ण

पोखरा स्पोर्टस ।  पूर्वी नवलपरासीमा सन्चालन भएको नवौ राष्ट्रिय खेलकुदको कुस्तीको पुरुष तर्फको ४ वटा स्वर्ण पदक विभागिय टोली एपीएफले हात पारेको छ ।

मंगलबार सम्पन्न भएको स्वर्ण पदकको लागी भएको प्रतिस्पर्धामा विभागिय टिम एपीएफले चारवटा स्वर्ण पदक हात पारेको छ । त्यसै गरि पुरुष कुस्ती तर्फ मधेश प्रदेशले ३ स्वर्ण, विभागिय टिम नेपाली सेनाले १ र नेपाल प्रहरीले १ स्वर्ण र लुम्बिनी प्रदेशले १ स्वर्ण पदक जितेका छन ।

विभागिय टिम एपीएफका लागी ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जितेका छन ।

त्यसै गरि मधेश प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात पारे भने विभागिय टिम नेपाली सेनाका लागी ७४ केजी तौल समूहमा सुरेस चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे भने लुम्बिनी प्रदेशका लागी ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।

कुस्तीमा महिला र पुरुषतर्फ गरि विभिन्न तौल समूहमा २० स्वर्ण पदकका लागी खेलहरु भएका थिए । असोज २९ गते देखि कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा जारी आज सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close