महिला हक्की : नेपाल आर्मी र गण्डकी फाइनलमा भिड्ने

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको खेलमा नेपाल आर्मी र गण्डकी फाइनलमा पुगेका छन् ।

आज भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ लाई हराउँदै आर्मी फाइनलमा पुगेको हो । आर्मीले ७(० को गोल अन्तरले हराउँदै फाइनलामा प्रवेश गरेको छ ।

खेलको ९ औं र १४ औं मिनेटमा आर्मीको तर्फबाट सीता कुमारी चौधरी र अन्जना चन्द ठकुरीले गोल गरे । यस्तै दोस्रो क्वाटरमा सितामाया बलले एक गोल गर्दा २२ र २४ औं मिनेटमा सीता कुमारी चौधरीले पुन दुई गोल गर्न सफल बनिन् ।

यता २६ औं मिनेटमा सितामाया बलले आर्मीको लागि एक गोल थपीन् । त्यस्तै ५१ औं मिनेटमा सीता कुमारी चौधरीले आर्मीको लागि फेरि एक गोल गरेकि थिइन् । योसंगै आर्मी फाइनलमा पुगेको छ ।

यता आज भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले ६–० को गोल अन्तर सुदुर पश्चिम प्रदेशलाई हराएको छ ।

खेलको पहिलो क्वाटरमा गण्डकीले दुई गोल गर्न सफल भएको थियो । १३ औं मिनेटमा सोनु बराल र १५ औं मिनेटमा सबिना पुन रानाले गोल गरेका थिए । यस्तै २० औं मिनेटमा कमला पुन, ३२ औं मिनेटमा दिक्षा बराल, ३३ औं मिनेटम दिपशिखाले गोल गरे । ३७ औं मिनेटमा कमला पुन गण्डकीको लागि पुन एक गोल गरिन । योसंगै गण्डकी फाइनला प्रवेश गरेको छ ।

बुधबार हुने फाइनल खेलमा गण्डकी र नेपाल आर्मी मैदानमा भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close