
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला हक्कीको अन्तिम चारको टुङ्गो लागेको छ ।
प्रतियोगिता अन्तर्गत विभागिय टिम नेपाल आर्मी, प्रदेश १, सुदुरपश्चिम र घरेलु टोली गण्डकी सेमिफाइनलमा पुगेका हुन् । भोलि हुने पहिलो सेमिफाइनल खेल आर्मी र प्रदेश १ बीच हुँदै छ ।
यस्तै सेमिफाइनलको दोस्रो खेलमा गण्डकी र सुदुरपश्चिम भिड्दै छन् । मंगलबार हुने खेलका विजेताले बुधबार उपाधिका लागि भिड्नेछन् भने तेश्रो स्थानका लागि समेत खेल हुनेछ ।
आज सम्पन्न खेलमा मधेश प्रदेशले बागमतीलाई प्रदेशलाई हराएको छ । मधेश प्रदेशले २–० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो । खेलको पहिलो क्वाटरमा सरिता पुलामीले मधेशका लागि गोल गरेकी थिइन् ।
२७ औं मिनेटमा सरिताको गोलले मधेशलाई खेलमा अग्रता दिलाएको थियो । खेलको तेस्रो क्वाटरमा रोनी राइले मधेशका लागि पुनः एक गोल थपिन । यो खेल सँगै लिगको पहिलो चरण सकिएको छ ।