
पोखरा स्पोर्टस । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार पुरुष हक्की प्रतियोगिताका तिन खेल सम्पन्न भएका छन् ।
हेम्जाको गौरीशंकर खेल मैदानमा सम्पन्न पहिलो खेलमा नेपाल आर्मी ३ गोल अन्तरले विजयी भएको छ । नेपाल आर्मीले सुदुर पश्चिमलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको अन्तिम क्वाटर ४३ औ मिनेटमा नेपाल आर्मीका रोमन रानाले गोल गरेका थिए । त्यसैगरि ५५ औ मिनेटमा सुदुर पश्चिमका दिपेन्द्र ऐरले १ गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । खेलको ५७ औ मिनेटमा पुनः आर्मीका राना १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसैगरि दोस्रो खेलमा नेपाल पुलिसले लुम्विनी प्रदेशलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । पुलिस ८–० गोल अन्तरले विजयी भएको हो ।
नेपाल पुलिसका केशवराज जोशीले खेलको ९ पहिलो क्वाटरमा गोल गर्दै टिमलाई विजयी सुरुवात गरेका थिए । २२ औ र २४ औ मिनेटमा शशि दर्लामी गोल गर्दै अंकलाई तेब्बर बनाएका थिए । २६ औ मिनेटमा महेश धामीले गोल गरेका हुन् । खेलको ३० औ र ३३ औ मिनेटमा जोशीले पुनः गोल गरेका थिए भने ३६ औ मिनेटमा गणेशसिंह ठगुन्नाले गोल गरेका थिए ।
त्यसैगरि खेलको अन्तिम क्वाटर ४८ औ मिनेटमा पुनः धामीले १ गोल गरेपछि टिमलाई ८–० को फराकिलो गोल अन्तरको अग्रता मिलेको हो ।
त्यसैगरि अन्तिम खेलमा गण्डकी प्रदेश विजयी भएको छ । मधेश प्रदेशसंगको खेलमा गण्डकी २–० गोल अन्तरले विजयी भएको हो ।
खेलको ३५ औ मिनेटमा गण्डकीका असिम बहिकले गोल गरेका थिए । त्यसैगरि ६० औ मिनेटमा बाहिकले पुनः गोल गर्दै अंकलाई दोब्बर बनाएका थिए ।
लिग चरणको खेल अन्तर्गत समुह ͑ए ͗बाट ३ खेल खेलेको नेपाल आर्मी ९ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा छ । गण्डकी ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ ।
प्रदेश १ भने ३ खेलमा ६ अंकमा सिमित भएको छ । सुदुरपश्चिम ३ खेलमा १ अंक सहित अंकतालिकाको पुच्छरमा रहेको छ भने ३ खेलमा सवै खेल गुमाएको मधेश प्रदेश भने अंकविहिन रहेको छ ।
यता समुह ͑वि ͗मा नेपाल पुलिस ३ खेलमा ९ अंकसहित शिर्ष स्थानमा छ । २/२ खेलमा बागमती र कर्णालीले ३/३ अंक प्राप्त गरेका छन् । ३ खेलमा सवै खेल गुमाएको लुम्विनी प्रदेश भने अंकविहिन रहेको छ ।