सेपाकताक्रो : महिला पुरुष र महिलातर्फ दुवै स्वर्ण आर्मीलाई

पोखरा स्पोर्टस । पुर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ ।

पुरुषतर्फको डबलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि पुरुष डबलतर्फ अनिल जर्घा मगर, रोशन तामाङ्ग र दिपेश जंग थापाले स्वर्ण दिलाए । पुरुषतर्फ रजत पदक प्रदेश नं १ र कास्य पदक  बागमतीले हात पारेका छन् ।

महिला डबलतर्फ पनि आर्मीले वाग्मती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । महिलातर्फको डबलमा विभागीय टिम आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।

आर्मीका लागि महिला डबलतर्फ चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाए । महिलातर्फ बागमतीलाई रजत र गण्डकीले कास्य पदक हात पारेका छन् ।

महिला र पुरुषका फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close