नवौँ राष्ट्रिय खेलकुद : पौडीमा नयाँ रेकर्ड कायम

पोखरा स्पोर्टस । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ ।

१३ औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले शनिबार विहान फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगीतामा १६ मिनेट ५०.२१ सेकेण्डमा दुरी पुरा गर्दै यस अघि रहेको आफ्नै रेकर्ड व्रेक गरेका हुन् ।

एनआरएनका आशिष सापकोटाले १६ मिनेट ५७.९५ सेकेण्डमा पुरा गरेका थिए । १५ सय फ्रि स्टाइलमा नासीरले स्वर्ण पदक जितेका छन् ।

आज भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लवकै डुवाना लामाले २ मिनेट ३१.४६ सेकेण्डमा पुरा गर्दै यसअगाडि गौरीका सिहंको २ मिनेट ३२ सेकेण्डको किर्तिमान तोड्दै नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल बनिन् ।

पौडी प्रतियोगीतामा कुल २०३ जना खेलाडीहरुले सहभागीता जनाएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए ।

२५ मिटर हिट देखि १५ सय मिटर हिट सम्म हुने कार्यक्रमको आइतबार विहान ८ सय मिटर पौडी खेल प्रतियोगीताको फाइनल हुने वजाचार्यले बताए । नेपाल पौडी खेल संघका केन्द्रीय अध्यक्ष वर्जाचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्टहरु संचालन हुने छन् । फ्रि स्टाइल, व्रेष्ट स्ट्रोक, वटरफलाई, वटरफलाई व्याक स्ट्रोकमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close