फुलकन्ट्याक्ट कराँते विवाद,महासंघद्वारा वहिष्कार

पोखरा स्पोर्टस। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक खेल सुरु भइसकेको छ । प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने तालिका रहेको छ । प्रतियोगिताको केहि खेलहरु सुरु भईसकेका छन् ।

३९ वर्षपछि गण्डकी प्रदेशमा सञ्चालन भइरहेको उक्त प्रतियोगिता सुरुआतमै विवादरहित बन्न सकेन । प्रतियोगिता अन्तर्गत बिहीबारबाट सुरु भएका ३ खेल विवादरहित समयमै सुरु हुन सकेनन् । जसको कारण थियो —विवाद, आवश्यक खेलकुद सामग्री नपाउँनु, मैदान तयार नहुुनु ।

बिहीबार बिहान ११ बजे खेल सुरु भए पनि नेपाल फुलकन्ट्याक्ट कराते महासंघले प्रतियोगिता आयोजनाको जिम्मा पाउनुपर्ने माग गर्दै प्रतियोगिता वहिष्कार गरेको छ ।

महासंघलाई बाइपास गरी अन्य कमिटी गठन गरेर प्रतियोगिता सञ्चालन गर्न लागेको उनीहरुको आरोप छ । ‘राखेपले फुलकन्ट्याक्ट कराते महासंघलाई जिम्मवारी नदिएर व्यक्तिगत जिम्मा दिनु भनेको केहि चलखेल रहेको आशंका गरेका छ । संघलाई वेवास्ता गरियो,’ महासंघका अध्यक्ष शालिकराम कुँवरले भने, ‘हामीले फिल्ड छोडेका छौँ, हाम्रा असन्तुष्टि राखिसकेका छौँ, राखेपले समन्वय गरेन ।’

महासंघले बिहिबार पोखरा रंगशाला कभडहलमा रहेको मिडिया सेन्टरमा संञ्चारकर्मीलाई उक्त विज्ञप्ती देखाउदै मान्यता नभएको बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close