
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा भईरहेको टेनिस खेलका खेलाडीहरुलाई पोखरा महानगर वडा नं ९ ले नगद सहित सम्मान गर्ने भएको छ ।
शुक्रबार एक कार्यक्रमाका विच जर्सी वितरण गर्दै पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले उक्त घोषणा गरेका हुनु । उनले आफ्ना वडाबाट प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई मनोबल बढाउनकालागि वडाले नगद जर्शी प्रादन गर्नुका साथै नगद सहित सम्मान गर्ने बताए । उनले भने–“खेलाडीहरु राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छन् उनीहरुको मनोबल बढाउनु हाम्रो दायित्व हो ।’
खेलाडीको रुपमा वडा नं ९ लाई चिनाउन सफल होस् भन्ने शुभकामना दिदै मर्सानीले पदक विजेता वडाका खेलाडीलाई विजयी पदकका आधारमा जनही १० हजार, पाँच हजार र तीन हजार रुपैयाँका दरले वडाले नगद सम्मान गर्ने घोषणा समेत गरे ।
कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले वडा नं ९ ले उदायीमान खेलाडीहरुको हौसला बढाउने कार्य गरेको भन्दै साना होस् या ठुला हरेक खालका सम्मानले खेलाडीलाई खेलप्रति लगाव बढाउने बताए ।
संघका सचिव कृष्ण रानाभाटले वडा नं ९ को खेलाडी प्रोत्साहन कार्य प्रशंसानिय भएको बताए ।
