गण्डकी प्रदेश (आईटिएफ) तेक्वान्दोमा प्रदेशतर्फ स्याङ्गजा र जिल्लातर्फ सैनिक डोजाङ च्याम्पियन

पोखरा स्पोर्टस । पोखरामा सम्पन्न भएको ‘तेस्रो प्रदेश स्तरिय तथा प्रथम कास्की जिल्लास्तरिय (आईटिएफ) तेक्वान्दोमा स्याङजा र सैनिक आईटिएफ डोजाङ च्याम्पियन बनेका छन् ।

प्रदेशस्तरिय प्रतिस्पर्धामा स्याङजाले १० स्वर्ण,४ रजत र ४ काश्य गरि १८ पदकसहित च्याम्पियन बनेको हो । यस्तै बागलुङ ६ स्वर्ण,३ रजत र ४ काश्य प्राप्त गर्दै उपविजेता बनेको छ । त्यसैगरि १९ पदक सहित नवलपुर तेस्रो र नवलपुरले ५ स्वर्ण,८ रजत र ६ काश्य हात पार्दै चौथो भएको छ ।

त्यसैगरि प्रदेश उत्कृष्ट पुरुष खेलाडीमा स्याङजाका मनिष रेश्मीमगर घोषित भएका छन् । उनले स्पाईरिङ र प्याट्रन दुबै प्रतिस्पर्धामा स्वर्ण हात पारि उत्कृष्ट घोषित भएका हुन् । महिला तर्फ तनहुँका मोनिका कुवँर उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले एक स्वर्ण र एक कास्य गरि उत्कृष्ट महिला खेलाडी घोषित भएका हुन् ।

त्यसै गरि पहिलो कास्की जिल्ला स्तरिय प्रतियोगिता तर्फ सैनिक आईटिएपm तेक्वान्दो डोजाङ च्याम्पियन बनेको छ । सैनिक आईटिएफले ११ स्वर्ण, ५ रजत र ४ काश्य प्राप्त गरि टिम च्याम्पियन बनेको हो ।

त्यसैगरि १० स्वर्ण, ७ रजत र ५ काश्य सहित अञ्जुली आईटिएफ डोजाङ दोस्रो बनेको छ । त्यसैगरि जिल्ला प्रतियोगितामा सैनिक आईटिएफ तेक्वान्दो डोजाङका जेनिशा गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुष उत्कृट खेलाडीमा बाराही आईटिएफ डोजाङका सन्देश खत्री घोषित भए ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको सहआयोजनामा उक्त प्रतियोगिता शनिबार र आईतबार गरि दुई दिन सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा ७ जिल्ला कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडी करिब ३ सय भन्दावढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्यपदकका लागि प्रतिस्पर्धा भएको नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापाले बताए । गण्डकी उपाध्यक्ष तथा रेफ्रि अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगरका अनुसार प्रतियोगितामा एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा भएको थियो भने स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा भएको थियो ।

त्यसै गरी एकल प्यार्टनतर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्मका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका थिए । 

नेपालमा खेलकुदको बिकास, विस्तार, संरक्षण गर्नुका साथै प्रतिभावान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन गर्ने, खेलाडीहरुमा स्तरियताको थप अभिबृद्धी गर्नका साथै प्रतिभावान खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताहरुले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष थापाले विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close