जुरेलीद्वारा भारतीय पुरुष रेस्लर पराजित

पोखरा स्पोर्टस । नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् ।नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जनाएकी छन् ।

विजयादशमी तथा तिहारको उपलक्ष्यमा भृकुटिमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए ।

सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर तथा भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाए । पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया ९स्कोरपियो० बीचको खेल रद्द गरिएको अध्यक्ष खड्काले जानकारी गराइन् ।
एकदिने प्रतियोगितामा नेपालबाट एक महिलासहित ५, अमेरिकाबाट १ तथा भारत र पाकिस्तानबाट २–२ गरी १० रेस्लर सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close