
पोखरा स्पोर्टस । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ ।विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का ९युनिका० ले जनाएकी छन् । नेपालबाट ११, अमेरिका र भारतबाट समान १–१ तथा पाकिस्तानबाट २ रेस्लर सहभागी हुने छन् । जम्मा ७ वडा भिडन्त हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु भृकुटि मण्डपमा हुनेछ ।
