नेकोस लम्जुङ गठन, युवा पलायन रोक्न गम्भिर बनौं–नेकोस अध्यक्ष पुन

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासघ (नेकोस) लमजुङको अध्यक्षमा ओम बहादुर दुरा निर्वाचित भएका छन् ।

नेकोस गण्डकीको पहलमा सम्पन्न एक भेलामा दुराको अध्यक्षतामा २१ सदस्यिय कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्ष द्वयमा सन्तोष घले र सिमा पराजुली, सचिवमा तेज ब. तामाङ्ग, उपसचिव द्वयमा बिकास गुरुङ्ग र मनराज घले तथा कोषाध्यक्षमा चित्र कुमार दुरासहित २१ सदस्यीय कमिटी गठन गरेको हो ।

नेपाल खेलकुद महासङ लमजुङको जिल्ला भेला लाई सम्बोधन गर्दै नेकोस गण्डकीका अध्यक्ष बिष्णु पुनले युवा जनशक्तीलाई पलायनहुन बाट रोक्न राज्य र राजनितिक दल गम्भिर हुनुपर्ने कुरामा जोड दिएका छन् । उनले खेलकुदको माध्यम बाट खेलाडी तथा खेलकर्मीहरुले राष्ट्रलाई आर्थिक समुन्नती संगै राष्ट्रको गरिमा समेत वढ्ने भएकोले खेलकुदलाई नागरिकको मौलिक अधिकारको रुपमा संरक्षण गर्नुपर्ने उल्लेख गरे । उनले भने–“खेलकुद संगै राष्ट्रको बिकासमा युवालाई अघि बढाउन आवश्यक मात्रै छैन पलायन भैरहेको जनशक्ति रोक्न पनि उत्तिकै खाँचो छ ।”

योग्यता, क्षमता र जनभावनालाई महसुस नगरि पार्टीहरुले उम्मेदवार चयन गर्दा नेपालको बहुदलीय ब्यबस्था प्रती नै जन बिश्वास घटेको अध्यक्ष पुनले बताए । उनले भने–“कहिले स्वतन्त्र को नाममा कहिले निरंकुश राजतन्त्रको नाममा त कहिले नयाँ–नयाँ पार्टीको अबधारणा आउनुमा हालका स्थापित राजनैतिक दलहरु नै जिम्मेवार छन् ।” उनले त्याग, तपस्या, बलिदान गर्ने नेतृत्वलाई सम्मान गर्दै नयाँ युग बिचार सहित जनभावना बोक्ने योग्य क्षमतावान उम्मेदवार चयन गरे सुशासन, समृद्धि र अग्रगमनको पथतर्फ नेपाल र नेपालीलाई अघि बढाउन सहज हुने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close