
सुरज श्रेष्ठ, पोखरा स्पोर्टस । नवौै राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको फेन्सिङ खेलमा गण्डकी प्रदेशबाट छनोट भएका खेलाडीहरुलाई खेल साम्रगी अभाव भए पछि सहयोगको लागि सामाजिक संजाल मार्फत आर्थिक सहयोगको अपिल गरेका छन् ।
सोमबार कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले आफ्नो फेसबुकमा स्टाटस राखेर सार्वजनिक रुपमै आर्थिक सहयोगको लागि अपिल गरेका हुन् ।
फेन्सिङ खेलको सामाग्रीहरु पोखरामा नपाउँदा झनै समस्या थपिएको छ । भारत वा चिन बाट मगाउनु पर्ने सामाग्री नेपाल आउन महिनौं दिन लाग्ने भएकोले पनि व्यवसायीहरु हिच्किचाउने गरेका छन् । परिषद आफैले सामाग्री विदेशबाट आयात गर्न नपाउने र व्यवसायीहरुले आयात गर्दा हुने झञ्झटिलो प्रक्रियाले खेलाडीहरुले समयमा खेल सामाग्री नपाउने गुनासो बढ्दै गएको छ ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङ खेलको लागि गण्डकी प्रदेशबाट २४ जना खेलाडीहरु छनोट भएका छन् । ‘खेलाडी छनोट त भयो तर अहिले उनीहरुलाई पानी ख्वाउने पैसा पनि प्रदेशले दिएको छैन, सामाग्री किन्ने कुरा त परै जाओस ।’ अध्यक्ष विजय शाहीले भने । ‘मिटिङ १७ पटक भयो । कालो चिया खाने बाहेक अरु केहि हुन सकेन । आज सम्म खेलाडीहरुको लागि आर्थिक जोहो हुन सकेको छैन । खेलाडी छनोट भई सके । ब्याक भए खेलाडीको भविष्य अन्धकार बन्छ ।’ खेलाडीहरुको भविष्यको लागि भए पनि अघि बढ्न आर्थिक जोहोको लागि फेसबुकमा स्टाटस राखेको शाहीले बताए ।
‘प्रत्येक खेलाडीको लगि प्रदेश संग ३० हजारको दरले ७ लाखको माग गरेको हौं । तर आज सम्म जोहो हुन सकेको छैन । आशा नभई सके पछि मैले फेसबुकमा स्टाटस राखेको हुँ’–उनले थपे–‘स्टाटस राखे पछि सहयोग आउन शुरु भई सकेको छ । थोरै भए पनि रकमको जोहो भए खेलाडीहरुको सामाग्री मगाउदै गछौंं ।’
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट महिला पुरुष गरि २४ जना खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीहरुमा पुरुष तर्फ खुसिमान गुरुङ, सुजन गुरुङ, शुक्र राज सुनार, दिनेश बहादुर पाण्डे, बिजय अधिकारी, नवराज कार्की, सुनिल थापा, प्रशान्त गुरुङ, दिपेस गुरुङ, नबिन गुरुङ, पवन तामाङ र पुर्ण बहादुर नेपाली रहेका छन् ।
त्यसै गरि महिला तर्फ दिपिसा गुरुङ, अस्मिता मगर, सुबिना मगर, मिरा पुन, प्रतिक्षा राना, कृपा गुरुङ, बिनिता पुन, सुनमाया मगर, धनमाया गुरुङ, अक्सा गुरुङ, शर्मीला मगर र निश्चल पुन मगर छनोट भएका हुन ।
फेन्सिङ खेलको सामाग्रीहरु पोखरामा नपाउँदा झनै समस्या थपिएको छ । भारत वा चिन बाट मगाउनु पर्ने सामाग्री नेपाल आउन महिनौं दिन लाग्ने भएकोले पनि व्यवसायीहरु हिच्किचाउने गरेका छन् । परिषद आफैले सामाग्री विदेशबाट आयात गर्न नपाउने र व्यवसायीहरुले आयात गर्दा हुने झञ्झटिलो प्रक्रियाले खेलाडीहरुले समयमा खेल सामाग्री नपाउने गुनासो बढ्दै गएको छ ।
