शिरिष फाउण्डेशन र बक्सिङकी सुष्माविच सहयोग सम्वन्धि संझौता

पोखरा स्पोर्टस । उदियमान खेलाडीहरुलाई हौसला र प्रेरणा प्रदान गर्न सहयोग पुर्‍याउने उद्धेश्यले ५ बर्ष अगाडी पौडी खेलाडी शिरिष गुरुङ्गको नाममा स्थापना गरिएको शिरिष फाउण्डेशन र बक्सिङ्ग खेलाडी सुष्मा तामाङ्गलाई सहयोग गर्ने सम्वन्धमा आईतबार एक कार्यक्रमविच सम्झौता भएको छ ।

संझौता–पत्रमा फाउण्डेशनका तर्फबाट कोषाध्यक्ष एवं शिरिषका माता सपना गुरुङ्ग र खेलाडी सुष्मा तामाङले हस्ताक्षर गर्नुका साथै सम्झौतापत्र आदान प्रदान गरेका हुन् । सम्झौता पत्रका अनुसार फाउण्डेशनले सुष्मालाई प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेलपोशाक उपलब्ध गराउने, उक्त पोशाकमा फाउण्डेशनले तेश्रो पक्षको लोगो भएको पोशाक समेत उपलब्ध गराउन सक्ने, प्रशिक्षण तथा प्रतियोगिताको दौरान घाईते भएको अवश्थामा अन्य तेश्रो पक्ष वा अस्पताल संग संझौता गरि उपचारको ब्यवस्था गर्ने, हौशलाका लागि मासिक १५ हजार उपलब्ध गराउने रहेका छन् ।

त्यसै गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल सामाग्री उपलब्ध गराउने, प्रतियोगितामा सहभागी हुँदा निर्दिष्ट पोशाक मात्र (राष्ट्रिय खेलकुद र अन्तराष्ट्रिय प्रतियोगितामा बाहेक) प्रयोग गर्ने, उत्कृष्ठ खेल प्रदर्शन गरेमा बिशेष पुरस्कारको ब्यवस्था गर्ने, खेलकुदको मर्यादा तथा अनुशासनको पालना गर्ने र विपरितको कार्य गरेमा संझौता भंग ब्यहोरा रहेको छ । यस्तै संझौता हाललाई १ बर्षका लागि कायम रहने र उत्कृष्ट खेल प्रदर्शन गरेको खण्डमा दुवै पक्षको सहमतीमा करार अवधि थप गर्न सकिने जनाईएको छ ।

कार्यक्रममा बोल्दै सुष्माले खेलाडी शिरिषले आफु जस्तै उदियमान खेलाडीहरुलाई हौसला तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले जुन कार्य गरेका छन् त्यसले खेलाडीहरुको मनोबल बढ्नुका साथै खेलको स्तर बृद्धि गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गर्दै फाउण्डेशनलाई धन्यवाद प्रदान गरिन् ।

यस अघि फाउण्डेशनले उसुकी साग स्वर्ण पदकधारी निमा तामाङ संग सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close