
पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकीले रमेश कार्कीको अध्यक्षतामा नेकोस फुटबल सघ गण्डकी प्रदेश कमिटी गठन गरेको छ ।
नेकोसको आह्वानमा सम्पन्न प्रथम अधिवेशनले कार्कीलाई अध्यक्षतमा निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित कार्की कास्की जिल्ला फुटबल संधको निवर्तमान महासचिव समेत हुन् । संघको उपाध्यक्षमा द्वयमा भुमन्डल ताम्राकार र सबिता नेपाली रहेका छन् भने सचिबमा बिष्णु कुमार गुरुङ र उपसचिवमा सिजन श्रेष्ठ, उपसचिबमा ईश्वर पराजुली र कोषाध्यक्षमा अनिल बसौंला निर्वाचित भएका छन् ।
यसै गरी कमिटिको सदस्यमा बिष्णु बहादुर क्षेत्री, अर्चना कुमाल, एकराम थापा, सुर्य कार्की, सुबिन श्रेष्ठ, बिनोद थापा, प्रबेश केसी, रजिन थापा, बिष्णु केसी र शुभम भण्डारी निर्वाचित भएको नेकोस गण्डकीले जनाएको छ ।
नव निर्वाचित कार्यसमितिलाई नेकोस गण्डकी प्रदेशका अध्यक्ष विष्णु पुनले कार्य सफलताको शुभकामना दिएका थिए ।
