प्रदेश स्तरिय ह्याण्डबल र कब्बडीमा कास्कीको दोहोरो जित

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय ह्याण्डबल प्रतियोगितामा कास्कीले दोहोरो जित हासिल गरेको छ ।

पोखरा रंगशालाको ह्याण्डबल प्रशिक्षण केन्द्रको कोर्टमा शुक्रबार भएको फाइनल खेलमा महिला तथा पुरुष तर्फ बागलुङकै महिला तथा पुरुष टोलीलाई पराजित गर्दै कास्कीले दोहोरो जित हासिल गरेको हो ।

महिला तर्फको ह्याण्डवल खेलमा कास्कीले बागलुङलाई २ का बिरुद्ध १४ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । कास्कीको जितमा योगीता गुरुङले डबल ह्याट्रिक (६ गोल) गरेकी थिइन ।

त्यसै गरी पुरुष तर्फ भने कास्कीले बागलुङकै टोलीलाई ९—२६ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । कास्कीको शान्दार जितमा पवन तन्त्यालले १० गोलको योगदान दिए ।

विजयी खेलाडीहरुको टोलीलाई एक समारोहका बिच ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला ह्याण्डबल संघका सल्लाहकार राम गुरुङले बताए । अबको केही समय पछि प्रदेशको लागि खेलाडीहरु छनौट गरिने भएको संघ कास्कीका अध्यक्ष चित्र बहादुर थापाले बताए । उनका अनुसार प्रतियोगितामा पुरुष तर्फ ५ र महिला तर्फ भने ४ टोलीको मात्र सहभागिता रहेको थियो ।

प्रदेश स्तरिय खो खो प्रतियोगितामा पुरुष तर्फ नवलपुर प्रथम
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय खो खो छनौट प्रतियोगितामा पुरुष तर्फ नवलपुर प्रथम भएको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा नवलपुरले घरेलु टोली कास्कीलाई झिनो ३ अंकको अन्तरले पछि पार्दै प्रथम भएको हो ।

प्रतियोगितामा नवलपुरले १८ अंक ल्याउदा कास्कीले भने १५ अंक प्राप्त गर्यो । प्रतियोगितामा ४ जिल्लाको सहभागिता रहेको प्रशिक्षक बिशाल गुरुङले बताए । नवलपुर प्रतियोगितामा प्रथम भए पनि विभिन्न जिल्लाका गरी १४ जना खेलाडीहरु छनौट गरिएको छ ।

छनौट हुने खेलाडीहरुमा नवलपुरबाट सागर परियार,मौसम महतो, सुमिर श्रेष्ठ, शंकर रिजाल, सुनिल थापा मगर,सुरेन्द्र महतो रहेका छन भने गोर्खाबाट देब बहादुर गुरुङ रराचेशनी राना रहेका छन्। त्यसै गरी कास्कीबाट बिबस परियार,रोबिन अधिकारी, शिवस टडाल, जोयल तामाङ रहेका छन । बैकल्पिक खेलाडीमा गोर्खाबाट स्वस्तिक बस्नेत र नरेश धामी रहेका छन्। टिम व्यबस्थापकमा भने सुरज पोखरेल रहेका छन् ।

त्यसै गरी महिला तर्फ भने कास्की र नवलपुर बिचको खेल बराबरीमा टुंगिएको छ । निर्धारित समय ९/९ मिनेटको खेलमा दुबै तर्फ १५/१५ स्कोरले खेल बराबरीमा पुगे पछि २/२ मिनेटको खेल अतिरिक्त समयमा पनि दुबै तर्फ ३/३ स्कोर भएसंगै खेल बराबरीमा टुंगिएको हो ।

महिला तर्फ भने प्रतियोगितामा ३ जिल्लाबाट खेलाडीहरु सहभागि भएको प्रशिक्षक बिशालजंग कुंवरले बताए । साथै प्रदेशको तर्फबाट छनौट भएका खेलाडहरुमा कास्कीबाट ६ जना, र नवलपुरबाट ६ जना छनौट भएको म्यानेजर सुरज पोखरेलले बताए ।

छनौट हुने खेलाडीहरुमा कास्कीका सृष्टि पौडेल, सुजना कुंवर, भिमसरा रोका, ममता अधिकारी,सजिता सुनार र अञ्जली भुजेल रहेकी छन्। त्यसै गरी नवलपुरकी महिमा बस्नेत, चित्रकुमारी सापकोटा, प्रियङका महतो, असरा गुरौं, पुनम महतो र रस्मिता श्रेष्ठ रहेकी छन् । बैकल्पिक खेलाडीमा कास्कीबाट वियसा सुनार र नवलपुरकी सलिना सेढाई रहेकी छन् ।

फुल कन्ट्याक्ट करातेमा कास्की च्याम्पियन
फुल कन्ट्याक्ट करातेतर्फ कास्की जिल्ला टिम च्याम्पियन भएको छ । फुल कन्ट्याक्टतर्फ सम्पन्न प्रतियोगिता बारे जानकारी दिंदै सुवास खड्काले कास्कीले ८ स्वर्ण, २ रजत र २ कास्य सहित टिम च्याम्पियन भएको बताएका छन् । त्यस्तै स्याङजा १ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ उपविजेता र तनहुँ १ स्वर्ण, २ रजत र २ कास्यसहित तेस्रो हुन सफल भएको छ ।

सम्पन्न प्रतियोगितात पुरुष ४५ केजीतर्फ नारायण कार्की कास्की, ५० केजी कास्कीकै अनिश वसढा मगर, ५५ केजीतर्फ पासाङ लामा पर्वत, ६० केजीमा मोसेस गुरुङ कास्की, ६५ केजीमा शिव भुजेल कास्की र खुलातर्फ रुपक नेपाली छनोट हुन सफल भएका छन् ।

त्यस्तै महिला ४० केजी तौलमा पुष्प कुंवर स्याङजा, ४५ केजीमा मेनुका अधिकारी कास्की, ५० केजीमा सरगम कुमाल कास्की, ५५ केजीमा धनीराना मगर तनहुँ र खुलातर्फ मेरिना कुंवर छनोट भएका छन् । छनोट हुन सफल पुरुष खुलातर्फ रुपक नेपाली आठौंका स्वर्ण पदक विजेता हुन् भने महिला तर्फ सरगम आठौंकी रजत पदक विजेता हुन् ।

कब्बडीमा कास्कीलाई दोहोरो उपाधि
यसै गरी शुक्रबार सम्पन्न कव्वडीतर्फ कास्कीले दोहोरो उपाधि जितेको छ । कास्कीले महिला र पुरुषतर्फ दुवैमा स्वर्ण पदक जित्दै दोहोरो उपाधि जितेको हो । महिला कबड्डी तर्फ कास्कीले म्याग्दीलाई ४६ बिरुद्ध ६० अंकले जित हासिल गर्दै विजयी भयो भने बाग्लुङले गोर्खालाई १४ बिरुद्ध ५७ ले पाराजित गर्दै काश्य यदक जितेको छ । यस्तै पुरुष कबड्डी तर्फ कास्कीले तनहुँ लाई १६ का बिरुद्ध ६१ अंकले विजयी हुँदै स्वर्ण पदक प्राप्त गरेको छ भने काश्य पदक म्याग्दीले नवलपुरलाई ३४ का बिरुद्ध ५७ ले विजयी हुँदै प्राप्त गर्न सफल रह्यो ।

सितेरियो करातेमा कास्की टिम च्याम्पियन
पोखरा रंगशालामा सम्पन्न सितेरियो करातेतर्फ कास्की टिम च्याम्पियन बनेको छ । कास्कीले ७ स्वर्ण सहित टिम च्याम्पियन बन्न सफल रहेको हो । त्यस्तै गोरखा ३ स्वर्ण र ३ रजत सहित दोस्रो र ३ स्वर्ण र २ रजत सहित तनहुँ टिम तेस्रो भएको छ ।

व्याडमिन्टनमा छनोट सम्पन्न
प्रतियोगिता अन्तर्गत सम्पन्न व्याडमिन्टनतर्फ आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि ७ पुरुष र ५ महिला गरी १२ खेलाडी छनोट हुन सफल भएका छन् । छनोट हुने पुरुषतर्फ कास्कीका विधान अधिकारी, विशाल खड्का, इशान खड्का, शम्भू श्रेष्ठ, भूगोल गुरुङ, सुजन थापा लम्जुङ र क्षितिज खनाल नवलपुर रहेका छन् । वैकल्पिकमा दिपक राना स्याङजा र स्पनन्दन श्रेष्ठ तनहुँ रहेका छन् ।

त्यस्तै महिलातर्फ दिलाशा राना तनहुँ, तिल मायाँ राना स्याङजा, शितल केसी कास्की, यम कुमारी गुरुङ कास्की र प्रतिमा गुरुङ पर्वत रहेका छन् भने वैकल्पिकमा मेनुका गुरुङ पर्वत र आयुष्मा नेपाल कास्की रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close