२ लाख धरौटीमा रिहा भए एन्फा कास्कीका अध्यक्ष गुरुङ

पोखरा, बैकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेको १३ दिन पछि २ लाख धरौटीमा रिहा भएका छन् । गुरुङलाई १९ फागुनमा हाजिर हुने गरि उच्च अदालत पोखराले तारिखमा रिहा गरेको हो ।

पोखरा लेकसाईड स्थित ओम गौरा जोस्टल होटलका संचालक हरी भक्त आर्चायको उजुरीका कारण अध्यक्ष गुरुङलाई कास्की प्रहरीले प्रहरीले १० माघमा पक्राउ गरेको थियो । प्रहरीले उच्च अदालत पोखरावाट पहिलो पटक सात र दोस्रो पटक चार दिन म्याद थपको अनुमती लिई गुरुङलाई हिरासतमै राखी  घटना वारे अनुसन्धान गरेको थियो ।

हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडी बसेको उक्त होटललाई तिरेको २ लाख १५ हजारको चेक बाउन्स भए पछि होटलले दिएको उजुरीका आधारमा अध्यक्ष मिलन पक्राउ परेका थिए ।

गुरुङ पक्राउ परे पछि यता एन्फा कास्कीले जगत बहादुर थापालाई कार्यवाहक अध्यक्ष नियुक्त गरिसकेको छ । अध्यक्ष गुरुङको विषयलाई लिएर एन्फा केन्द्र पनि गम्भिर रहेको र छानविन समिती गठन गर्ने अध्यक्ष कर्मा छिरिङ शेर्पाले सार्वजनिक कार्यक्रममा बोलेका समेत थिए । एन्फाको यहि माघ २६ गते बस्ने केन्द्रिय समितीको बैठकले उनी बारे निर्णय लिने सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close