नेकोस गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा स्वागत संगै खवरदारी गर्ने

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी प्रदेशले आसन्न नवौं राष्ट्रिय खेलकुदमा स्वागत संगैं खवरदारी गर्ने भएको छ ।

नेकोस गण्डकीको सम्पन्न बैठक बारे जानकारी दिंदै असोज २८ देखी कार्तिक ३ गते संचालन हुन गइरहेको नवौं राष्ट्रिय प्रतियोगितालाई महासंघ गण्डकी प्रदेशले हार्दिक स्वागतका साथै सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्ने निर्णय गरेको तर खेलाडीहरुको हित विरुद्ध हुने कुनै पनि क्रियाकलापमा खवरदारी गर्ने बताएका हुन् ।

नेकोसले नवौं राष्ट्रियका लागि सहयोग एबम खबरदारी गर्न १३ सदस्यिय कमिटि समेत गठन गरेको छ । जसमा बोधराज गिरी, रामचन्द्र गिरी, कृष्ण महर्जन, रमेश कार्की, कुमार थिङ, किरण गौतम, सत्यराज सापकोटा, नगेन्द्र शर्मा भण्डारी, राजन गुरुङ, दुर्गादत्त पोखरेल, धुर्व थापा, सिविन्द्रराज भण्डारी र संगिता सुवेदी रहेका छन् ।

महासंघ गण्डकीले मातहतका जिल्ला कमीटीहरुले निर्वाचन लक्षित एक जिल्ला एक खेल कार्यक्रम संचालन गर्ने र प्रदेश कमीटीको आयोजनामा १० कि.मि दौड र गण्डकी प्रदेश स्तरीय कराते प्रतियोगिता गर्ने निर्णय समेत गरेको जनाएको छ ।

त्यसै गरी बैठकले नेकोस गण्डकी सचिवालय सदस्य समेत गठन गरी जिम्मेवारी प्रदान गरेको जनाएको छ । नेकोस गण्डकीको सचिवालयमा हरि बरुवाल, रामचन्द्र गिरी, रमेश कार्की, .केशव ढकाल र दिपक अधिकारी रहेका छन् । त्यस्तै बैठकले नेकोस गण्डकी कमिटिको सदस्य ७ जनालाई मनोनयन गरेको छ । मनोनित हुनेहरुमा संगीता सुवेदी, गोविन्द प्रसाद भुसाल, कृष्ण बहादुर कुबर, फणिन्द्र तिमिल्सीना, मदन मुल्मी, .बलराम लामा र मन्दिरा परियार रहेका छन् ।

बैठकले विभिन्न जिल्लाहरुको लागि सहइन्चार्ज समेत तोकेको छ । कास्कीमा सत्यराज सापकोटा र नगेन्द्र शर्मा भण्डारी, स्याङजा– केशव ढकाल, लमजुङ–शोभा पन्थी इन्चार्जमा र सिजन श्रेष्ठ सह–इन्चार्ज, मनाङमा सरिता गुरुङ, नवलपुर– इन्द्र सिग्देल, पर्बत–गोबिन्द भुसाल र पोखरा महानगरपालिकामा ईश्वर अधिकारी इन्चार्जमा र केशव थापा सह–इन्चार्ज रहेका छन् ।

नेकोसले मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै अध्यक्ष विष्णु पुनको अध्यक्षतामा प्रदेश निर्वाचन परिचालन कमीटी गठन गरेको छ भने संघ र प्रदेशको निर्वाचन अगाडी पूर्व खेलाडीहरुको भेला सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

नेकोस केन्द्रिय समितिले हालै गण्डकी प्रदेश ईन्चार्ज ऋषिराम गौतम, सह ईन्चार्ज प्रदिप थापा मगरलाई स्थायी कमीटीमा र गण्डकी प्रदेश अध्यक्ष पुन र केन्दिय सदस्य हर्कमान गुरुङ केन्दिय सचिवालय सदस्यमा पदोन्नती गरेकोमा बधाई दिएको छ । साथै बैठकले एमाले गण्डकी प्रदेश कमीटीका अध्यक्ष नवराज शर्माको बुवाको असामयिक निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close