ओलम्पिक कमिटी र ‘बाई–अप’ बीच प्रायोजन सम्झौता

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी) र ‘बाई–अप होल्डिङ कम्पनी’ विच एक सम्झौता हस्ताक्षर भएको छ ।

चीनमा हुने आगामी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिमका लागि खेल पोशाकको प्रायोजन सम्झौता भएको हो । चीनको हाङझाउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुंदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ र हङकङ–चीनको बाई–अपका सीओओ स्टेवार्ड छ्यङ्गले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बाई–अपले एसियाली खेलकुदमा सहभागी हुने सम्पूर्ण टिमका सदस्यलाई खेल पोशाक प्रदान गर्नेछ । खेल पोशाकमा ट्रायकसुट, टी–सर्ट, पोलो टी–सर्ट, स्पोर्टस सुज, सट्स, मोजा, टोपी, झोला र रुमाल पर्छन् । सम्झौता अनुसार एसियाली खेवकुद सुरु हुन अगाडि ४ सय ५० थान खेल पोशक हस्तान्तरण गर्नेछ ।

कम्पनीले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदका बेला पनि खेल पोशाक प्रदान गरेको थियो ।

सो अवसरमा महासचिव श्रेष्ठले प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टिमको एकै ढाँचाको डिजाइन हुने बताए । बाई–अप कम्पनीसंगको सम्झौता अबका वर्षमा पनि कायम हुने विश्वास व्यक्त गर्दै महासचिव श्रेष्ठले उच्च गुणस्तरको पोशाकको प्रायोजनले नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनमा सहयोग पुग्ने पनि बताए ।

त्यस्तै बाई–अपका सीओओ छ्यङ्गले नेपाली खेलाडीलाई प्रायोजन गर्न पाएकोमा खुसी व्यक्त गर्दै एसियाली खेलकुदमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close