
पोखरा स्पोर्टस । फेन्सिङका रेफ्रि सन्दिप बराल मलेसिया जाने भएका छन् ।

रेफ्रि प्रशिक्षण तथा परिक्षा सेमिनारमा सहभागिता जनाउन उनी मलेसिया जाने भएका हुन् । कास्कीका प्रशिक्षक तथा रेफ्रि समेत रहेका सन्दिपले फेन्सिङ कन्फिडेरेशन अफ एसिया (एफसिए)ले मलेसियाको क्वालालम्पुरमा आगामी २२ देखि २५ अगस्त सम्म संचालन गर्न लागेको सेमिनारमा सहभागिता जनाउने अध्यक्ष शाहीले पोखरा स्पोर्टस लाई जानकारी दिए ।
मलेसिया प्रस्थान गर्न लागेका सन्दिपलाई कास्की जिल्ला फेन्सिङ संघले शनिबार विदाई गरेको छ । संघका अध्यक्ष विजय शाही, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी लगायत संघका पदाधिकारीहरु तथा खेलाडीहरुले उनलाई विदाई गरेका थिए ।
विदाई कार्यक्रममा सफल यात्राको शुभकामना दिंदै अध्यक्ष शाहीले भने–“सन्दिप प्रशिक्षक संगै रेफ्रि समेत हुन् । उनले उक्त सेमिनारमा सहभागिता जनाए पछि नवौं राष्ट्रियका लागि हामीले एक उत्कृष्ट रेफ्रि समेत पाउने छौं ।”
विदाई कार्यक्रममा सन्दिपले सबैलाई आभार व्यक्त गर्दै सेमीनारमा आफूले सिकेको शिप लागु मात्रै नगरी अरुलाई समेत सिकाउन आतुर रहेको जनाए ।
